व्यापारीको उपभोक्तामारा निर्णय : दशैंको मुखमा चामलको मूल्य वद्धि

13 September, 2017 17:54 | जन सरोकार | comments | 18600 Views

नेपालीहरुको प्रमुख चाड बडा दशैं, तिहार र छठको आगामनसंगै चामलको थोक मूल्यमा चर्को वृद्धि गरिएको छ । व्यापारी तराईमा आएको बाढीका कारण मागअनुसार आपूर्ति नभएको दाबी गर्दै आफूखुसी चामलको मूल्य वृद्धि गरेका हुन् ।

थोक मूल्यमा भएको वृद्धिसँगै चामलको उपभोक्ता मूल्य पनि बढेको छ । थोक बिक्रेताले पनि प्रतिबोरा चामलमा एकैपटक एक सय २५ रुपैयाँसम्म वृद्धि गरेका छन् । थोक व्यवसायीले सोना मन्सुली, जिरा मसिनो र बास्मति चामलको प्रतिबोरामा ८५ रुपैयाँदेखि एक सय ५० रुपैयाँसम्म मूल्य वृद्धि गरेका हुन् ।

खुद्रा व्यापार संघले थोक बिक्रेताले बाढीको नाममा १० दिन अघिदेखि चामलको मूल्यवृद्धि गरेर बजारमा पठाउन थालेको जानकारी गराएको छ ।
खुद्रा व्यापार संघका महासचिव राजकुमार श्रेष्ठका अनुसार असार महिनाको तुलनामा भदौ अन्तिम सातामा आएर थोक बिक्रेताले चामलको मूल्यवृद्धि गरी बजारमा पठाउन थालेको जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार थोक व्यवसायीले सोना मन्सुलीको एक बोरा (२५ किलो) चामलमा ८५ रुपैयाँ वृद्धि खुद्रा व्यापारीलाई उपलब्ध गराएका छन् । अहिले एक बोरा सोना मन्सुली चामलको उपभोक्ता मूल्य एक हजार तीन सय ७५ रुपैयाँ कायम गरिएको छ । असारमा त्यही चामल एक हजार दुई सय ९० मा बिक्री भएको थियो ।

बाढीका कारण तराईका उद्योगमा पानी पसेर चामल भिजेर नष्ट भएको, सडक मार्ग जीर्ण भएर अवरुद्ध भएको र ढुवानी खर्च वृद्धि भएको भन्दै थोक खाद्य किराना व्यवसायी संघले चामलको उपभोक्ता मूल्य बढाएको हो ।

अघिल्लो आर्थिक वर्षमा नेपालमा सर्वाधिक चामल उत्पादन भए पनि सोही आर्थिक वर्षमा झन्डै २४ अर्ब मूल्य बराबरको चामल नेपालमा आयात भएको थियो ।

साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार अहिले २० हजार मेट्रिक टन चिनी मौज्दात छ । चाडपर्वको अवसरमा कर्पोरेसनले अहिले प्रतिकिलो चिनी ७७ रुपैयाँ ५० पैसामा बिक्री गरिरहेको छ ।

उता दालको मूल्य भने तुलनात्मक रुपमा घटेको छ । असारको तुलनामा भदौमा मेही मुख्य दालको मूल्य घटेको हो । थोक खाद्य किराना व्यवसायी संघका अनुसार तीन वर्षको अवधिमा यो वर्षको भदौ महिनामा आएर दालको मूल्य निकै घटेको हो ।

तराईका बाढीका कारण चामलको अभाव हुने दालको भने नहुने विचित्रको तर्क व्यापारीले पेश गर्दै मूल्य बढाएका छन् । यसतर्फ सम्बन्धित निकायको मौनता अरु आश्चर्यचकित पार्ने खालको छ ।

मूल्य वृद्धिमा क्रम सुधार हुँदै : राष्ट्र बैंक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More