Thursday 23, February 2017
नेपाली समय: 11:06:08
जापानी समय: 02:21:08

शनिबारको भिडन्तका लागि तयार रहेको मोहनको दावी (भिडियोसहित)

17 February, 2017

dragon

जापानमा निकै चर्चामा रहेका र थुप्रै उपाधी जितिसकेका नेपाली किक बक्सिङ खेलाडी मोहन ‘ड्रागन’ अर्को उपाधी कब्जा गर्न आफू पूर्णरुपमा तयार रहेको बताएका छन् ।

शनिबार हुने क्रस ७३ किक बक्सिङको ‘क्रस वेटल क्लास’ उपाधीको भिडन्तका लागि आफू पूर्ण रुपमा तयार रहेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मोहनले बताएका हुन् ।

टोकियोमा आयोजित पत्रकार सम्मेलनमा जापानी संचारकर्मीहरुको जिज्ञासालाई सम्वोधन गर्दै मोहनले अहिले विपक्षी खेलाडीले हाल बोक्दै आएको क्रस वेटल उपाधी आगामी वर्ष आफ्नो हातमा हुनेछ दावी गरे ।

शनिबार साँझ टोकियो दोम कोराकोएन हलमा हुन लागेको अण्डर ६७ केजी तौल समुहको खेलमा जीतका लागि आफनो तयारीमा कुनै कसर बाँकी नराखेको पनि उनले बताए ।

dragon

नेपाल जापान डटकमको जिज्ञासामा उनले भोलिको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने पनि बताए । पत्रकार सम्मेलनमा मोहन महर्जन ‘ड्रागन’ले करिव दुई सय नेपालीले एकै साथ नेपाली झण्डा सहित आफनो पक्षमा हुटिङग गर्ने जानकारी समेत दिए ।

मोहनले शनिबारको खेल जितेमा उनले आगामी महिना हुन लागेको अन्तर्राष्ट्रिय स्तरको ‘के वान’ प्रतिस्पर्धामा नेपालको तर्फबाट अन्तर्राष्ट्रिय खेलाडीका रुपमा भिडन पाउने छन् ।

पत्रकार सम्मेलनको भिडियो

शनिबार मोहन ‘ड्रागन’ अर्को प्रतिस्पर्धात्मक खेलमा भिडदै, मोहन ‘हुक’को सर्वाधिक चर्चा

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads