शरणार्थी आवेदनमा कडाईः यसरी फर्किए डिपेन्डेन्ट भिषाका नेपाली

19 January, 2018 00:02 | जापान | comments | 148050 Views

बुधबार समय मध्यान्ह १२ बजे, स्थान टोकियो सिनागावा स्थित अध्यागमन कार्यालय । डिपेन्डेन्ट भिषामा चार वर्षयता जापानमा रहँदै आएका दिनेश पौडेल (नाम परिवर्तन) भिषा परिवर्तन गर्न त्यहाँ पुगेर अब सो कार्यालयमा पुन नजाने गरि फर्किए ।

डिपेन्डेन्ट भिषाबाट शरणार्थी बन्न पाउँ भनि आवेदन दिएर फर्किएका पौडेललाई अध्यागमन कार्यालयले बोलाएर सोधपुछ थाल्यो । करिव एक घण्टा बीस मिनेट लामो सोधपुछ क्रममा जापानी भाषामा उनले सयौं प्रश्नको जवाफ फर्काएपनि उनको केही सीप लागेन । कारण उनी जापान आउँदाको अवस्था र अहिले उनले चाहेको भिषा परिवर्तनको वीचमा कुनै तालमेल नमिल्नु ।

अध्यागमन कर्मचारीके प्रश्न परिवारसँग बसेको मान्छे कसरी शरणार्थी बन्ने त ? उनी नाजवाफ भए । व्यवसाय गर्दै आएका बुवा जापानमा आए पश्चात आमा पनि जापान आईन । लगत्तै उनलाई जापान प्रवेशमा कुनै समस्या भएन तर जव बुवा नेपाल फर्किए अनि उनले भिषा परिवर्तन गर्ने योजना बनाए । व्यवसाय नै छाडेर बुवा नेपाल फर्किएपछि आमाले गत वर्ष नै शरणार्थी बन्न आवेदन दिएर बसिन् ।

तर दिनेशलाई भने हालै जापान सरकारले परिवर्तन गरेको शरणार्थी आवेदन प्रकृयाका कारण केरकार पश्चात निरास बनेर फर्किए । नेपाली दोभाषे सहित बसेका अध्यागमन कर्मचारीहरुको लगातारको प्रश्न थियाे तिमीलाई कसरी शरणार्थी बन्ने सोच आयो अनि यो भिषामा बस्ने आधार छ त ? उनीस‌ग यसकाे पनि जवाफ भएन। र उनले ठाने पहिले साथी भार्इले भनेजस्ताे सजिलाे अब रहेनछ।

जापान सरकारले खासगरि दोश्रो ठूलो आवेदक सख्याको नेपालीहरुलाई तथा अन्य नक्कली कागजपत्र पेश गरेर शरणार्थी बन्न पाउँ भन्नेहरुको सख्या घटाउन यस्ताे साेधपुछका कारण जथाभावी अावेदन घटने दावी गर्दै अाएकाे छ।

जापानी संचारमाध्यमहरुमा यसै साता प्रकाशित समाचारहरुका अनुसार हालै जापानको न्याय मन्त्रालयले जारी गरेको सूचनालाई आधार मान्दा यसै साताबाट जापानमा शरणार्थी बन्न आवेदन दिनेलाई काम गर्न दिदै आएको वर्क परमिट रोक्ने तथा जथाभावी काम गरेको पाएमा शिविरमा राख्ने तथा कानुन उलंघन गरेको भन्दै थुनामा समेत राख्न सक्ने चेतावनी दिनेसम्मको नीति लियो ।

जसको पहिलो शिकार बनेर फर्किएका पौडेल अब नेपालमै गएर केही गर्ने सोच बनाएर फर्किने तयारी गर्दै छन् । करिव १४ सय वढी नेपालीहरुले शरणार्थी बन्न पाउँ भनेर दिएको आवेदनमा हालसम्म कसैले पनि मान्यता नपाएका कारण अध्यागमन कार्यालयले यसरी सोधपुछ र पेश गरेको कागजपत्र उपर छानविन सुरु गरेको बताईएको छ ।

याे पनि हेर्नुहाेस:

जापानमा शरणार्थी आवेदकले सोमबारबाट काम गर्न नपाउने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

जलविरे झरना

फेसबुक

जलविरे झरना

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!