शान्तिपूर्ण, सुशासित र समृद्ध राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री पोखरेलको आग्रह

29 May, 2018 19:58 | प्रदेश ५ | comments | 28500 Views

 

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुख्यमन्त्री शंकर पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्रका माध्यमबाट दिगो शान्ति, सुशासित र समृद्ध राष्ट्र निर्माणमा सबै नेपाली एक जुट भई अघि बढ्नुपर्ने बताउनुभएको छ । 

एघारौँ गणतन्त्र दिवसका अवसरमा प्रदेश प्रमुख उमाकान्त झाको प्रमुख आतिथ्यमा प्रदेश नं ५ को अस्थायी केन्द्र बुटवलमा आयोजित मूल समारोहमा मुख्यमन्त्री पोखरेलले आगामी आर्थिक वर्षदेखि प्रदेश र स्थानीय तहका सरकार राम्रोसँग सञ्चालन हुने बलियो आधार तयार हुने बताउँदै भन्नुभयो, “हामी हाम्रा प्रयासलाई त्यस दिशातर्फ अघि बढाउन कृत संकल्पित छाँै ।

adsads

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अंग्रेजलाई हराएको ऐतिहासिक जीतगढी किल्ला बुटवलसहित प्रदेश र देशलाई समृद्ध बनाउन सबै एक जुट हुनुपर्ने बताउनुभयो ।

यसअघि गणतन्त्र दिवसका अवसरमा आज बिहान बुटवलको बसपार्कदेखि बुटवलमण्डपस्थित गणतन्त्र पार्कसम्म भएको प्रभातफेरीमा प्रदेश सरकारका मन्त्री, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, उद्योगी व्यवसायीलगायतको सहभागिता थियो ।

आजै विभिन्न संस्थाले रक्तदान, अस्पतालका बिरामीलाई फलफूल वितरण तथा मैत्रीपूर्ण खेलसमेत आयोजना गरेका छन् । प्रदेश नं ५ को सरकारले आज प्रदेश नं ५ का १२ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

गुणस्तरीय स्वास्थ्य सेवा दिन मुख्यमन्त्री पोखरेलको आग्रह

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

कांग्रेस भेला

फेसबुक

कांग्रेस भेला

ट्वीटर

सामाजिक सञ्जाल

More