Thursday 27, April 2017
नेपाली समय: 11:03:35
जापानी समय: 02:18:35

‘शान्ति नेपाली समाज बेलायत’ को नयाँ वर्ष २०७४ कार्यक्रम सम्पन्न

21 April, 2017

शान्ति समाज शान्ति नेपाली समाज बेलायतको आयोजनामा गत १८ तारिकको दिन नेपाली नयाँ वर्ष २०७४ को शुभकामना आदान प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कोशलेश्वर ढकालको सभापतित्वमा, प्रमुख अथिति राजदुत डा. दुर्गा बहादुर सुवेदीद्वारा पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो र कार्यक्रममा बिभिन्न संघसस्थाका प्रतिनिधि,बुद्दिजिबि वर्ग लागायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

उक्त कार्यक्रममा ५०० भन्दा बढीको संख्यामा नेपालीहरुको उपस्थिति थियो । साथै कार्यक्रममा संस्थाका उपाध्यक्ष भोजराज भण्डारीले स्वागत मन्तब्य दिएका थिए भने भुपेन्द्र पाठक ले औपचारिक कार्यक्रम संचालन गरेका थिए ।

सांस्कृतिक कार्यक्रम संस्थाका सक्रिय सदस्यहरु जानकी गैरे र बिज्ञान हुमागाईले संचालन गरेका थिए । नेपाली शहिदहरूको सम्झनामा१ मिनेट मौन धारण गरी राष्ट्रिय गान गाउदै कार्यक्रम अगाडी बढेको थियो र मनमोहक बातावरणमा उपस्थित सबैमा नयाँ वर्षको शुभकामना आदान प्रदान भएको थियो । कार्यक्रममा चर्चित राष्ट्रिय लोक तथा दोहरी गायक राजु ढकाल, लोक तथा दोहोरी गायिका जानकी तारामी मगर तथा चर्चित मोडेल रेश्मी तामाङ , पप तथा र्याप गायक नबु घलेले उपस्थित सबैलाई विभिन्न किसिमका लोक तथा दोहोरी गीतहरु तथा नाचगान गरेर भरपुर मनोरन्जन गराएका थिए ।

साथै नेपाली पोशाकमा सजिएका स्थानीय कलाकारहरुले बिभिन्न नेपालको मौलिकता झल्काउने नाचगान गरि रमाइलो गरेका थिए । साथै कार्यक्रममा राफल (चिट्टा) पनि खेलिएको थियो । राफल कार्यक्रम सम्पूर्ण उपस्थित नेपालीहरुहरु एकैसाथ भाग लिन सक्ने कार्यक्रम भएको हुनाले सम्पूर्ण उपस्थित महानुभावहरुले राफलमा सहभागिता जनाएका थिए ।

राफल अतिनै आकर्षक वातावरणमा सम्पन्न भएको थियो र कन्याको हातबाट राफलको नतिजा निकालिएको थियो र प्रथम,दृतिय र तृतीय हुनेलाई आकर्षक पुरस्कारहरु वितरण गरिएको थियो । संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति कोशलेश्वर ढकालले आफ्नो मन्तब्यको क्रममा नयाँ बर्षको शुभकामना दिएका थिए ।

साथै संस्थाले साल भरि गरेका दैविक प्रकोप ,स्वास्थ्य क्षेत्र तथा गरिब ,निमुखा बालबालिकालाई संस्थाले गरेको सहयोगको बारेमा सबैलाई जानकारी गराएका थिए । यस्तै आगामी दिनहरुमा पनि अझै धेरै राम्रा कामहरु गर्नको लागि सबैबाट सुझाव,सल्लाहको अपेक्षा राखेको र सबैलाई आ –आफ्नो ठाउँ बाट सक्दो सहयोगको गरिदिनुहुन अनुरोध पनि गरेका थिए ।

कार्यक्रममा राजदूत डा. दुर्गा बहादुर सुवेदीले आफ्नो मन्तब्यको क्रममा नयाँ वर्षको शुभकामना दिए । साथै संस्थाले बिभिन्न सेवा मुलक काम गरेको सुन्दा धेरै खुसि लागेको र भविष्यमा यस्तै काममा संस्थालाई आफ्नो सधै साथ रहने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा योगा गुरु पुस्कर राज पन्त र एनआरएनए आइसीसी सदस्य रोशन केसीको पनि उपस्थिति थियो ।

नयाँ वर्षको अवशर पारेर युकेमा साहित्यिक एवम साँस्कृतिक कार्यक्रम सम्पन्न (भिडियो सहित)

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo