नबिल फाहमी नबिल फाहमी

  • नबिल फाहमी
  • नबिल फाहमी
  • नबिल फाहमी
  • नबिल फाहमी
  • नबिल फाहमी
  • नबिल फाहमी

शान्ति स्थापना गर्न राष्ट्रसंघ असफल

16 March, 2018 10:48 | बिचार | comments | 99600 Views

नबिल फाहमी

नबिल फाहमीद्वन्दवको चपेटाबाट भावी पुस्तालाई जोगाउने मुख्य उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको स्थापना गरिएको थियो । घोषणापत्रको प्रस्तावनामै मौलिक मानवअधिकारप्रतिको आस्थामाथि जोड दिने उल्लेख गरिएको छ ।

adsads
आज राष्ट्रसंघको स्थापना भएको ७० वर्षभन्दा बढी समय भइसकेको छ ।

तर, विश्वमा झनै खतरनाक आधुनिक हतियार विकसित भएका छन् । विश्वभर हिंसात्मक द्वन्द्व बढिरहेका छन्, जसको कारण ठूलो संख्यामा लडाकु तथा सर्वसाधारण नागरिकले मृत्यु वरण गर्नुपरेको छ ।

यस्ता हिंसात्मक द्वन्द्वमध्ये पनि सिरियाको द्वन्द्व सबैको चर्चा र बहसमा परेको छ । संयुक्त राष्ट्रसंघकै भनाइलाई आधार मान्ने हो भने पाँच लाखभन्दा बढी मानिसले सिरियामा ज्यान गुमाइसकेका छन् । लाखौ“ मानिस घाइते भएका छन् भने लाखाँ विस्थापित भएका छन् ।

बौद्ध धर्मका अनुयायीको बाहुल्य रहेको म्यानमारमा समेत अल्पसंख्यक रोहिंग्या मुसलमानमाथि आक्रमण भयो । राष्ट्रसंघले यसलाई जातीय द्वन्द्वको संज्ञा दियो । यमनको आन्तरिक युद्धका कारण ठूलो जनधनको क्षति भएको छ । बुरुन्डी र कंगोमा भएका द्वन्द्वको अवस्था पनि त्यस्तै छ ।

युद्धका यस्ता परिदृश्यबाट युद्ध तथा हिंसा रोक्न संयुक्त राष्ट्रसंघले प्रभावकारी भूमिका खेल्न सकेको छैन भन्ने प्रमाणित हुन्छ । यसर्थ, यस्तो परिवेशमा राष्ट्रसंघका महासचिवले ठूलो जिम्मेवारी उठाउनुपर्ने हुन्छ । राष्ट्रसंघको निर्णायक प्रतीकका रूपमा महासचिव रहेका हुन्छन् ।

अन्तर्राष्ट्रिय समुदायलाई नैतिकताको पाठ सिकाउने काम पनि महासचिवकै हो । महासचिवको आदेशलाई सम्पूर्ण विश्वले मान्नुपर्ने हुन्छ । यो कुरा संयुक्त राष्ट्रसंघका बहालवाला महासचिव एन्टोनियो गुटेरेसको हकमा पनि लागू हुन्छ ।

राष्ट्रसंघको साधारणसभाबाट उनी मनोनीत भएका हुन् । यसर्थ विश्वलाई शान्तिको बाटोमा डोहो-याउने काम उनको हो । उज्यालो मानव भविष्यका लागि उनले भूमिका खेल्नुपर्छ ।

सन् २०१८ को सुरुवातमा विश्वलाई सन्देश दिँदै उनले भनेका थिए, ‘हामी द्वन्द्व समाधान गर्न सक्छौँ, घृणा हटाउन सक्छौँ र हाम्रा साझा मूल्य–मान्यताको रक्षा गर्न सक्छौँ । तर, यस अभियानमा हामी सबै एक हुन जरुरी छ ।’ उनको यस कदमको सराहना गर्नुपर्छ ।

यद्यपि, आफ्नो पदले उठाउनुपर्ने जिम्मेवारी पूरा गर्न उनले योभन्दा धेरै काम गर्नुपर्ने हुन्छ । राष्ट्रसंघप्रतिको आस्था र गरिमालाई बढाइराख्न पनि आवश्यताअनुसार हस्तक्षेपकारी भूमिका पनि देखिनुपर्ने हुन्छ ।

वर्तमानमा व्याप्त द्वन्द्व समाधानका लागि गुटेरेसले व्यक्तिगत रूपमा तथा सक्रिय भएर राष्ट्रसंघको प्रतिनिधित्व गर्नुपर्छ ।

अन्त्यमा, सुरक्षा परिषद्लाई पनि उनले खबरदारी गर्नुपर्छ । किनकि सुरक्षा परिषद् निष्क्रिय हुनु भनेको राष्ट्रसंघीय घोषणापत्रको मर्मअनुसार काम नगर्नु हो । परिषद्ले आफ्नो भूमिका निभाउन नसक्नुले अपराधलाई पश्रय दिन्छ ।

राष्ट्रसंघीय सुरक्षा परिषद्को मुख्य दायित्व विश्वको शान्ति र सुरक्षाका लागि काम गर्नु हो । द्वन्द्व तथा युद्ध अन्त्यका लागि परिषद्ले कूटनीतिक पहल गर्नुका साथै समाधानका उपाय पनि खोज्नुपर्ने हुन्छ ।

अहिलेसम्मको सन्दर्भमा आफ्नो पूर्ण क्षमताअनुरूप सुरक्षा परिषद्ले जिम्मेवारी पूरा गर्न असफल भएको छ । मुख्यतः परिषद्का पाँच स्थायी सदस्यको रूपमा रहेका चीन, फ्रान्स, रुस, बेलायत र अमेरिकाको आ–आफ्नो स्वार्थका कारण परिषद् प्रभावकारी हुन सकेको छैन ।

 

सुरक्षा परिषद्को भिटो प्रयोग गर्ने क्रममा कुनै एउटा स्थायी सदस्यले भोट नहाले वा अनुपस्थित भएको खण्डमा पनि प्रस्ताव पारित हुने प्रावधान छ । तर, दुःखद पक्ष त के छ भने विश्वमा भइरहेका भयावह मानवीय संकट समाधानका लागि उनीहरूले भिटो प्रयोग गरेका छैनन् । भू–राजनीतिमै यी स्थायी सदस्यको ध्यान केन्द्रित छ । संयुक्त राष्ट्रसंघीय घोषणापत्रको मर्मविपरीतका नीति अवलम्बन गर्नसमेत यी शक्ति पछि परेका छैनन् ।

आफ्नो स्वार्थ पूर्तिका लागि भिटो प्रयोग गर्ने धक्की दिनसम्म उनीहरू पछि परेका छैनन् । तर, सहयोग तथा सहकार्यका लागि मार्गप्रशस्त गर्न भिटो शक्तिको प्रयोग गरियोस् भन्ने मर्मले यस्तो व्यवस्था गरिएको हो ।

यसकारण, विश्वशान्ति तथा सुरक्षा प्रत्याभूति गराउन भूमिका खेल्ने जिम्मेवारी सुरक्षा परिषद्का स्थायी सदस्यको हो । सुरक्षा परिषद्को भिटो प्रयोग गर्ने क्रममा कुनै एउटा स्थायी सदस्यले भोट नहाले वा अनुपस्थित भएको खण्डमा पनि प्रस्ताव पारित हुने प्रावधान छ ।

तर, दुःखद पक्ष त के छ भने विश्वमा भइरहेका भयाभय मानवीय संकट समाधानका लागि उनीहरूले भिटो प्रयोग गरेका छैनन् । भू–राजनीतिमै यी स्थायी सदस्यहरूको ध्यान केन्द्रित छ । संयुक्त राष्ट्रसंघीय घोषणापत्रको मर्मविपरीतका नीति अवलम्बन गर्नसमेत यी शक्तिहरू पछि परेका छैनन् ।

यसले गर्दा घोषणापत्रका साथै कानुनीराजमा आधारित विश्व व्यवस्थालाई समेत उनीहरूले झनै कमजोर बनाएका छन् ।

अतः राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रहरू विश्वमा भइरहेका द्वन्द्व समाधान गर्न असफल भएका छन् । कतिपय अवस्थामा उल्टै युद्धलाई लम्याउने कार्यमा मलजल गरिरहेका छन् । परिणामस्वरूप साना तथा मझौला देशहरू हिंसा तथा पीडाको चपेटामा परेका छन् ।

शक्ति राष्ट्रबीचको स्वार्थको लडाइँले यस्ता कमजोर राष्ट्रहरूमा प्रत्यक्ष प्रभाव छाडेको छ । यस्तो वातावरणका कारण संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय कानुनप्रतिको विश्वास घटेको छ । यति मात्र होइन, विश्वमा मानवीय सहिष्णुतामा ह्रास आएको छ ।

अराजकता र अमानवीय घटना विश्वभर मौलाइरहेका छन् । यसर्थ, विश्वमा अझ धेरै मानवीय क्षति, विध्वंस तथा संकट बढ्ने खतरा मडारिएको छ । संयुक्त राष्ट्रसंघको स्थापना गर्दै गर्दा जुन मर्म र उद्देश्यका साथ स्थापना गरिएको थियो, ती सबैलाई विकसित वातावरणले छायामा पारेको छ ।

राष्ट्रसंघ स्थापनाताका देशहरूले देखाएको प्रतिबद्धता फिक्का भइसकेको अवस्था छ । वास्तवमा सुरक्षा परिषद् असफल हुनुमा अमेरिका र रुस जिम्मेवार छन् । विश्वमा विद्यमान द्वन्द्व समाधान तथा विश्वशान्तिका लागि आफ्नो राजनीतिक तथा सैन्य शक्तिको प्रयोग गर्नुभन्दा पनि एकअर्कासँग प्रतिस्पर्धा गर्न अमेरिका र रुस उद्यत छन् ।

त्यसमाथि पनि क्षेत्रीय शक्ति तथा गुट बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । उनीहरूले इतिहासलाई नै पछ्याएको देखिन्छ, जसका कारण विश्वमा अझ अव्यवस्था तथा संकट बढ्ने निश्चितप्रायः छ । यी दुई देशको लडाइँले गर्दा सुरक्षा परिषद्मा रहेका अन्य तीन सदस्य राष्ट्रलाई किमार्थ छायामा पार्नु हुन्न ।

विश्व शान्ति र सुरक्षाका लागि बाँकी रहेका तीनवटा राष्ट्र– चीन, फ्रान्स र बेलायतले निर्वाह गर्नुपर्ने जिम्मेवारीमा अमेरिका र रुसले अवरोध गर्नु राम्रो संकेत होइन । विश्वका लागि साँच्चै काम गर्ने हो भने सुरक्षा परिषद् सबै राष्ट्रले आफ्नो हठ छाडेर सामूहिक प्रयासमा लाग्नुको विकल्प छैन ।

सुरक्षा परिषद्का सम्पूर्ण सदस्यले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने हुन्छ । आवश्यक सुधार गर्दै संयुक्त राष्ट्रसंघप्रतिको घट्दो आस्थालाई फेरि बढाउनुपर्छ । साना तथा मझौला देशलाई विश्वास दिलाउन तथा राष्ट्रसंघप्रति उनीहरूको विश्वास बढाउन पनि सुरक्षा परिषद्का स्थायी सदस्यहरूले गम्भीर भएर अघि बढ्नैपर्छ ।

साझा स्वार्थ र साझा मूल्य–मान्यता स्थापित गर्न आवश्यक परे भिटो प्रयोग गर्न तयार रहेको सन्देश उनीहरूले दिन सक्नुपर्छ । कम्तीमा दुईवटा स्थायी सदस्यले विरोध नगरेसम्म सुरक्षा परिषद्का अन्य सदस्यले ल्याएको प्रस्तावमाथि भिटो प्रयोग गर्ने सुविधा छ ।

तर, भिटो प्रयोग गर्दैमा सबै समस्याको समाधान हुने होइन । सुरक्षा परिषद्लाई अझ प्रभावकारी बनाउन पाँच स्थायी सदस्य मात्र नभएर अन्य सदस्यलाई पनि बहसमा सरिक हुन प्रोत्साहन गर्नुपर्छ । अर्कोतर्फ, शक्ति राष्ट्रहरूले अन्य देशको सार्वभौमिकताको सम्मान गर्नुपर्छ ।

शान्ति स्थापना गर्न राष्ट्रसंघ असफल

संयुक्त राष्ट्रसंघको घोषणापत्रमा भनिएझैँ विश्वमा शान्ति स्थापना गर्न संयुक्त राष्ट्रसंघ र सम्पूर्ण सदस्य राष्ट्रहरूले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । सुरक्षा परिषद्का स्थायी सदस्यले गर्दै आएको गैरजिम्मेवार अभ्यासको अन्त्य गरिनुपर्छ ।

(नबिल फाहमी इजिप्टका पूर्वविदेशमन्त्री हुन् ।)
कपिराइट : प्रोजेक्ट सिन्डिकेट, २०१८
(नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नबिल फाहमी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More