शिक्षा मन्त्रीलाई बहिस्कार गर्ने ९ विद्यार्थी संगठनको निर्णय

12 October, 2017 20:48 | राजनीति | comments | 11550 Views

९ विद्यार्थी संगठनहरुले शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई सार्वजनिक रुपमा बहिस्कार गर्ने निर्णय गरेका छन् । उनीहरुले शिक्षा ऐन नवौं संशोधन विधेयक प्रमाणिकरण नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण गराउने निर्णय समेत गरेका छन् ।

अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं, अनेरास्ववियु छैठौं, नयाँशक्ति विद्यार्थी युनियन, राजपा विद्यार्थी संगठन, लोकतान्त्रिक विद्यार्थी संगठन लगायतका नेताको बैठकले मन्त्रि श्रेष्ठलाई बहिस्कार गर्ने निर्णय गरेको हो ।  मन्त्री श्रेष्ठले नेपालको शिक्षा क्षेत्रलाई तहसनहस पारेकाले बहिस्कार गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।

बैठकपछि जारी संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘शिक्षा ऐनको नवौं संशोधन, सीटीईभीटीबाट कलेजलाई सम्वन्धन दिने निर्णय बदनियतपूर्वक तरिकाले गराउने र नेपालको शिक्षा क्षेत्रलाई तहस नहस पार्ने मुख्य पात्र वर्तमान शिक्षा मन्त्रीलाई संयुक्त विद्यार्थी संगठनले सार्वजनिक बहिस्कार गर्ने तथा देशभरिका विद्यार्थीहरुलाई बहिस्कारको लागि अपिल गर्ने निर्णय गरिएको छ ।’

यो पनि पढ्नुहोस्

अस्थायी शिक्षक पद सदाका लागि अन्त्य हुन्छ: मन्त्री श्रेष्ठ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More