Monday 24, April 2017
नेपाली समय: 01:15:27
जापानी समय: 04:30:27

शीर्ष चार नेताहरुको बैठक बालुवाटारमा

20 March, 2017

प्रधानमन्त्री पुष्पकमल दाहालले मधेशकेन्द्रित दललाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउने उपायका बारेमा सत्ता पक्ष र प्रतिपक्षमा रहेका प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गरेका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा स्थानीय तहको निर्वाचनमा मधेश केन्द्रित दललाई सहभागी गराउन संविधान संशोधनमा सहमति जुटाउने उपायका बारेमा छलफल भइरहेको स्रोतले बतायो ।

स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली,राप्रपाका अध्यक्ष कमल थापा सहितका नेताहरु सहभागी छन् ।
सोमबार बिहान बसेको बैठक समय अभावका कारण निष्कर्षमा पुग्न नसकेपछि प्रधानमन्त्री दाहालले अहिले पुन बैठक बोलाएका हुन ।

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo