शेयर बजार दोहोरो अंकले बढ्यो

17 July, 2017 22:31 | अर्थ | comments | 8850 Views


सोमबार नेप्से दोहोरो अंकले बढेर छ । दोहोरो अंकले बढेर एक हजार ६०४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्स्चेन्जका अनुसार २०।५८ बिन्दुले बजार बढेको छ ।

कुल १५४ कम्पनीको २० लाख १२ हजार ४१५ कित्ता शेयर रु ६९ करोड ४३ लाख ६९ हजार ४३५ मा कारोबार भएको छ । आइतबारभन्दा रु एक करोडमात्रै बढी कारोबार भएको स्टकले जनाएको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ४।४ बिन्दुले बढेको छ । आज सबै उपसूचकहरुमा समेत हरियाली छाएको छ । बैंकिङ २१।८३, होटल २६।३९, विकास बैँक २९।५७, जलविद्युत् ९।१८, वित्त क्षेत्र ५।२३, बीमा ९५।३५, उत्पादन समूह २७।०४ र अन्य समूह १।१६ बिन्दुले बढेको छ ।

आज हिमालयन डिस्टिलरीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने नेशनल माइक्रो फाइनान्स, फरवार्ड माइक्रो फाइनान्स, रिलायबल वित्तीय संस्था, सिनर्जी पावर र किसान माइक्रो फाइनान्सको शेयरमूल्यसमेत बढेको स्टकले जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More