प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारी

  • प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारी
  • प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारी
  • प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारी
  • प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारी
  • प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारी
  • प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारी

शौचालयमा लडेर टाउँकोमा चोट लागेका सभामुख अधिकारी मेडिसिटी अस्पतालमा भर्ना

12 May, 2018 17:12 | प्रदेश , प्रदेश ४ | comments | 18150 Views

प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारी

प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारीलाई थप उपचारका लागि आज(शनिबार) बिहान हेलिकप्टरद्वारा ललितपुर लगिएकोछ ।

निवासको शौचालयमा अचानक लडेर टाउँकोमा गम्भीर चोट लागेका सभामुख अधिकारीको अहिले ललितपुरस्थित मेडिसिटी न्यूरो अस्पताल भैँसेपाटीमा उपचारार्थ भर्ना गरिएको उहाँका स्वकीय सचिव लोकराज आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार सभामुख अधिकारीको टाउँकोमा रगत जमेको देखिएपछि अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ । अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा बालगोपाल शर्माको नेतृत्वको टोली उहाँको उपचारमा संलग्न रहेको बताउँदै स्वकीय सचिव आचार्यले भन्नुभयो, “उहाँका स्वास्थ्यमा क्रमिक सुधार भइरहेकोछ ।”

शुक्रबार दिउँसो ४ बजे लडेर घाइते हुनुभएका सभामुख अधिकारीलाई उपचारका लागि तत्काल पोखरास्थित फेवासिटी र मेट्रोसिटी अस्पताल हुँदै मणिपाल शिक्षाण अस्पतालमा भर्ना गरिएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!