श्रमिकको अधिकार नै मध्यपूर्वका एनआरएनएका साझा मुद्धा

11 October, 2017 19:45 | एन आर एन न्युज | comments | 5850 Views

एनआरएनए मध्यपूर्वका उम्मेदवार एकै मञ्चमा

एनआरएनए मध्यपूर्वका उम्मेदवार

मध्यपूर्वमा रहेका श्रमिकहरुको अधिकार स्थापित गर्न र मध्यपूर्वको लगानी स्वदेश भित्र्याउन पहल गर्ने एनआरएनए मध्यपूर्वका उम्मेदवारहरुले साझा मुद्धा बनाएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलन र महाधिवेशनले सन् २०१७–१९ का लागि नयाँ नेतृत्व चयन गर्ने भएकाले मध्यपूर्वका उम्मेदवारहरुले कामदारको हक हितका विषयलाई प्रमुख एजेन्डा बनाएका छन् । वैदेशिक रोजगार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा एनआरएनए मध्यपूर्वका उम्मेदवारहरुले श्रमिकमैत्री एनआरएनए बनाउने प्रतिवद्धता जाहेर गरेका छन् ।

एनआरएनए मध्यपूर्व संयोजक तथा सचिव पदका प्रत्याशी डिवी क्षेत्रीले मध्यपूर्वमा रहेका नेपालीहरुको समस्या समाधानका लागि नीतिगत तहमा नै पहल भइरहेको जानकारी दिए । उनले भने–‘ मध्यपूर्वमा कामदारको धेरै समस्या–समस्या मात्र भनियो तर दीर्घकालिन समाधान गरिएन अव समाधान गर्ने योजनासहित सचिव पदमा उम्मेदवारी दिएको छु ।

कार्यक्रममा एनआरएनए मध्यपुर्वका संयोजकका उम्मेदवार तथा एनआरएनए आइसीसी सदस्य राजेन्द्र कुमार ९आर।के।० शर्माले मध्यपूर्वका श्रमिकको हकहीत र अधिकारका लागि प्याकेजमा योजना बनाएर नै काम गर्ने बताए । मध्यपूर्वमा आर्जन गरेको सीप र पूँजीलाई स्वदेशमा लगाउनका लागि र मध्यपूर्वको लगानी स्वदेश भित्र्याउन विशेष पहल गर्ने शर्माको भनाई छ ।

उनले अर्को प्रसंगमा कतारमा धेरै नेपालीले सरकारले तोके अनुसार तलव नपाउनुमा नेपाल सरकार समेत जिम्मेवार भएको बताए । उनले भने–‘सरकारले कतारमा जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक लागु गर्यो, तर कार्यन्यनको तर्फ ध्यान जान सकेन ।’कार्यक्रममा मध्यपुर्व उपसंयोजकका उम्मेदवार प्रविन गुरुङले लामो समयदेखि आफु सामाजिक कार्यमा कृयाशिल हुदै आएको र अझ संगठनमा वसेर धेरै काम गर्नका लागि मध्यपुर्वको तर्फबाट उपसंयोजक पदमा उम्मेद्वारी घोषणा गरेको बताए । उनले भने–‘विदेशमा सिकेको सीप र पूँजीलाई एनआरएनए अभियानमा लागाउन र एनआरएनलाई मध्यपूर्वमा सबैको बनाउनका लागि मेरो उम्मेदवारी हो । कार्यक्रममा गैरआवासीय नेपाली संघ एनसीसी कतारका अध्यक्ष नगेन्द्र प्रसाद पोखरेलले ९नबिन० सरकारले निःशुल्क भिसा र टिकटको निर्णय ल्याएपनि त्यो व्यवहारिक हुन नसकेको धारणा राख्दै कतारमा न्यूनतम पारिश्रमिक ६० प्रतिशत कम्पनीहरुले नदिने बताए ।

कार्यक्रममा पूर्व मध्यपूर्व संयोजक तथा उपाध्यक्ष पदका उम्मेदवार नरेन्द्र भाटले मध्यपूर्वका समस्या नेपालबाट नै शुरु हुने भएकाले नेपालमा नै बिशेष ध्यान दिन जरुरी गरेको बताए । अधिकांश नेपालीहरु वैदेशिक रोजगारमा रहेको मध्यपूर्वबाट ५ सय भन्दा बढि एनआरएनहरु विश्व सम्मेलनमा भाग लिन आउँदै छन् । मध्यपूर्वका धेरै भोटर भएकाले अहिले विश्वका एनआरएनहरुले मध्यपूर्वलाई आफ्नो पक्षमा लिन खोजिरहेको भएता पनि मध्यपूर्व आफै सबै पदमा नेतृत्व लिन कस्सिरहेको छ ।

वैदेशिक रोजगार प्रत्रकार समाजका अध्यक्ष निरन्जन ज्ञवालीले मध्यपूर्वका सवै उम्मेदवारका आकांक्षीहरुलाई कार्यक्रममा निमन्त्रणा गरिएको तर केहीसँग सम्पर्क हुन नसकेको जानकारी दिए । समाजका उपाध्यक्ष रामजी बगाले, महासचिव हरी थापा र सचिव उद्वव भट्टराईले समाजले मध्यपूर्वका आवाजलाई संचारजगतमा उठाउँदै आएको जानकारी गराए ।

कँडेलद्वारा एनआरएनए मध्यपूर्व उपसंयोजक पदमा उम्मेदवारी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More