श्रम कानुन सुधार गर्न २०१३ मा निधन भएकी एनएचके पत्रकारका अभिभावकको माग

16 October, 2017 15:56 | जापान | comments | 108750 Views

२०१३ मा अत्यधिक कार्यभारका कारण मृत्यु भएकी ३१ वर्षिय एनएचके पत्रकारका अभिभावकले जापानी पब्लिक ब्रोडकास्टरसंग यस्ता अप्रिय घटनाहरु रोक्न माग गर्नुका साथै एनएचकेलाइ घटनाबारे सचेत हुन निकै समय लागेकोमा आलोचना समेत गरेका छन् ।

श्रम स्तर निरीक्षकहरुले मृत्युको कारण अत्यधिक ओभरटाइम भएको पुष्टि गरेको ३ वर्षभन्दा बढि समयपछि मिया सादोको मृत्युको प्रसंग गत साता सार्वजनिक गरेको थियो । उनका पिताले टोकियोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एनएचकेले मिवाको कारोसीको सन्दर्भमा उपयुक्त जिम्मेवारी नलिएको आरोप लगाएका छन् । जापानी भाषामा अत्यधिक कार्यभारबाट हुने मृत्युलाई कारोसी भनिन्छ ।

टोकियो महानगर सरकारको चुनावका लागि कार्यरत सादोको निधन माथिल्लो सदनको चुनावको तीन दिनपछि जुलाई २४ , २०१३ मा दुइ महिनाको अन्तरालमा १५९ घण्टाको ओभरटाइमका कारण हृदयाघातले भएको थियो ।

धेरै कामको कारण जापानी पत्रकारको निधन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

मुक्तिनाथ क्षेत्रमा विदेशी पदयात्री

फेसबुक

मुक्तिनाथ क्षेत्रमा विदेशी पदयात्री

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!