श्रावण १ गतेदेखि बक्स अफिस प्रणाली लागू हुने

26 January, 2018 13:50 | कला/मनोरन्जन | comments | 103350 Views

 

चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण मानिएको बक्स अफिस प्रणाली अन्ततः लामो समयको बहसपछि वि.सं २०७५ साल श्रावण १ गतेबाट नेपाली चलचित्र भवनहरुमा लागू हुने भएको छ।

चलचित्र विकास बोर्डका यस अगाडिका दुई अध्यक्षले बक्स अफिस लागू गर्ने एजेन्डा लिएका थिए तर पुरा गर्न सकेनन् ।

adsads
तर, बिहीवार चलचित्र विकास बोर्डका सदस्य तथा बक्स अफिस कार्यान्वयन समितीका संयोजक नरेन्द्र महर्जनको अध्यक्षतामा बसेको बैठकले प्राविधिकहरुसँगको छलफल पश्चात वर्ष २०७५ को तेस्रो महिनाबाट नेपालमा बक्स अफिस लागू गर्ने निर्णय गरेको हो ।

बैशाख १ गतेबाट परिक्षण गर्ने र श्रावण १ गतेबाट राजधानी भित्र र माघ १ गतेबाट राजधानी बाहिर बक्स अफिस लागू गरिने बोर्डले  जारी गरेको विज्ञप्तिमा जनाइएको छ । बैठकले बक्स अफिस जडान गर्ने कम्पनी ‘व्रेन डिजिट इट सोलुशन’ लाई आवश्यक पर्ने हार्डवेयरका सामान तथा इन्टरनेट सेवा वर्ष २०७४ चैत मसान्त भित्र जडान गर्न निर्देशन पनि दिएको छ ।

चलचित्र विकास बोर्डलाई राजनीति तथा आर्थिक चलखेलको अखडा बनाउदै

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

रक्षामन्त्री ईश्वर पोखरेल

फेसबुक

रक्षामन्त्री ईश्वर पोखरेल

ट्वीटर

सामाजिक सञ्जाल

More