श्रीमतीलार्इ काम सघाउदाँ किन सधै जोईटिन्ग्रे?

5 March, 2017 14:35 | बिचार | comments | 2 Views

shiva-tandukarसन्दर्भ अन्तर्राष्ट्रिय नारी दिवस

-शिव तण्डुकार

विदेशमा श्रीमान् श्रीमती दुबैले काम नगरे जिविकोपार्जन गर्न गाह्रो छ । यदि श्रीमती बाहिर काम गरेर पनि घरको काम गर्न सक्छे भने श्रीमानले पनि आफूले भ्याएकोसम्म घरको काम गर्नुपर्छ र म आफू सकेसम्म सबै गर्छु ।

लुगा धुने, भाडा माज्ने, घर सफा गर्ने, भुई पुस्ने, खाना बनाऊने, बच्चा हेर्ने उनी गर्छिन भने म पनि गर्छु । तर यदि यहि काम म नेपालमा भएको बेला गर्ने हो भने सायद सबै भन्दा पहिला मेरी आमाले, दिदीबहिनीले नै भन्छन तैले किन गर्नुपर्यो? तेरी श्रीमतीले गरिहाल्छ नि ? के हो तँ त “जोईटिन्ग्रे” भईस् कि क्या हो ? आदि ईत्यादी । वरपरका समाजले थाहा पाए त ठट्टा गर्ने खुराग पनि यहि हुनेछ, फलानो त जोईटिन्ग्रे पो रहेछ ।

नारी प्रति गरेको अन्याय अत्याचारको बिरूद्धको आवाज

धेरै जसो सभा र गोष्ठीमा मात्र सिमित हुन्छ । ठूल्ठूला कुरा गर्छन्,

                                                      भाषण छोड्छन् तर परिणाम धेरै जसो हातमा लागे शुन्य हुन्छ।

नारीको सहयोग र सपोर्टमा परिवर्तनका आवाज बुलन्द घर देखि नै हुनपर्छ तर हाम्रो समाजमा त्यो हुदैन । अझ पनि नारीलाई पुरूष भन्दा दोस्रो दर्जा दिईन्छ र सुरूवात बावुआमाबाटै गर्छन् । छोरी जन्मे नाक खुम्चाऊने र छोरी भनेकी त अर्काको घर जाने मान्छे हो भन्ने मानसिकता बोकेको हुन्छन् । छोरो भनेको भविष्यमा अाफूहरुलाई पाल्ने र आफ्नो वंश अगाडी बढाऊने उत्तराधिकारी हो भन्ने सोच राख्छन् र आफ्नै छोरा र छोरीलाई गर्ने व्यवहारमा काखा र पाखा गर्ने बावुआमा अहिले पनि धेरै छन् हाम्रो समाजमा ।

नारी माथि अन्याय, अत्याचार गर्ने पीडा दिने धेरै जसो नारीबाटै हुन्छ। सासुले बुहारीलाई, नन्दले भाऊजुलाई, आमाजुले बुहारीलाई अन्याय गरेको पाईन्छ र कतिपय स्थितिमा यो उल्टो पनि हुन्छ । बुहारीले सासुलाई, भाऊजुले नन्दलाई, बुहारीले आमाजुलाई अन्याय गरेको पनि सुनिन्छ ।

नारी प्रति गरेको अन्याय अत्याचारको बिरूद्धको आवाज धेरै जसो सभा र गोष्ठीमा मात्र सिमित हुन्छ । ठूल्ठूला कुरा गर्छन्, भाषण छोड्छन् तर परिणाम धेरै जसो हातमा लागे शुन्य हुन्छ।

नारी प्रति गर्ने व्यवहारमा परिवर्तन घरबाट शुरू नगर्ने हो भने

जति राष्ट्रिय/अन्तर्राष्ट्रिय नारी दिवस मनाएपनि सामाजमा कुनै पनि परिवर्तन आऊदैन ।

एक दिन सार्वजनिक बिदा पाऊछे तर त्यो दिन पनि उनी सुखले घरमा बस्न पाऊछ भन्नेमा शंकै छ ।

फेरी कतिपय स्थितिमा नारीको सशक्तिकरणको आवाज ऊठाऊने महिला नेत्रीहरू आफ्नै घरको पुरूष माथि अत्याचार गर्न पछि पर्दैन । बाहिर श्रीमती आफ्नो अधिकारको बिगुल फुक्दै हिड्छन् घरमा श्रीमान आफ्नै श्रीमतीको अत्याचारबाट पीडित हुन्छन्, बिचरा बबुराहरू । आफ्नो अधिकार र समानताको लागि भनेर अरू माथि अन्याय, अत्याचार गर्नु परिवर्तन होईन ।

महत्वपूर्ण कुरा भनेको महिला पुरूष दुवैले एक अर्काको पुरक भन्ने सम्झनुपर्छ र त्यो वास्तविकता पनि हो । तर हामी मध्ये धेरैले यो सामान्य कुरालाई पनि नजर अन्दाज गर्छौ । अर्काको घरकी छोरी बिहे गरेर ल्याऊनुको अर्थ उनीलाई जीवनभर पाल्नुपर्ने बोझ सम्झने धेरै पुरूष र परिवार छन् हाम्रो समाजमा । अझ छोरोले कति पढेको छ त्यो सर्टिफिकेटको अनुसारको मोलतोल गरेर दाईजो माग्ने बाऊ आमाहरू पनि छन्।

यदि नारी दिवसनै माऊनुछ भने व्यवहारमा हरेक दिन जसो मनाईयोस् । नारीलाई वस्तुकोरूपमा सोच्ने, अन्याय अत्याचार गर्ने जो सुकैलाई होस् यस्ता सामाजिक अपराध गर्ने लाई दण्ड गर्ने आँट गरौं । यिनीहरूको दिमागमा अर्काको घरकी छोरीले नै हो उनीहरूको घर चलाई दिने, उनिहरूको वंश जन्माईदिने, हुर्काईदिने, ऊनको । बावुआमाको स्यार सुसार गरिदिने, ऊनलाई समेत हेरिदिने भनेर कहिल्यै नमेटिनेगरी गरी लाहा छाप लगाईयोस् ।

नारी प्रति गर्ने व्यवहारमा परिवर्तन घरबाट शुरू नगर्ने हो भने जति राष्ट्रिय/अन्तर्राष्ट्रिय नारी दिवस मनाएपनि सामाजमा कुनै पनि परिवर्तन आऊदैन । हो एक दिन भएपनि नारीले सार्वजनिक बिदा पाऊछे तर त्यो दिन पनि उनी सुखले घरमा बस्न पाऊछ भन्नेमा शंकै छ । त्यसैले समाजमा परिवर्तन ल्याऊन हिड्न खोज्नेले सुरूवात आफैबाट गरौं ।

सबै नारीहरूलाई आऊदै गरेको १०७ औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना । अन्याय, अत्याचार, असमानता जस्ता समाजमा बिध्यमान भाईरसहरूसँग लड्न सक्ने शक्ति मिलोस् ।

हाल: जापान

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More