श्रृंखलाबद्ध डकैती र चोरी गर्ने थापा मगर पक्राउ

11 January, 2017 21:31 | जन सरोकार | comments | 4 Views

उपत्यकामा श्रृंखलाबद्ध रुपमा डकैती र चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले रामेछाप दोरम्बा ८ घर भइ काठमाडौंको कागेश्वरी मनहरा बस्ने सागर भन्ने टिका थापा मगरलाई पक्राउ गरेको हो । उनले उपत्यकाका विभिन्न् थानमा चोरी तथा डकैती गर्ने गरेको एसएसपी सर्वेन्द्र खनालले बताए ।
उनले गत पुस २२ गते भक्तपुर कौशलटारमा एनआइसी बैंकबाट रकम निकालेर जाने क्रममा मन्दिरा अधिकारीको ६ लाख रुपैयाँ लुटेका थिए । त्यसपछि प्रहरीले सिसिटिभी निगरानीबाट थापालाई पक्राउ गरेको प्रहरी निरीक्षक भरत थापाले बताए ।
पछिल्लो ३ वर्षको अन्तरमा उनले १५ पटक चोरी तथा डकैती गरेको खनालले बताए। २०६४ सालदेखि अहिलसम्म उनी ५ पटक जेल परेका छुटेका छन् । २०६४ साल भदौं १ गते डाँका मुद्दामा उनी पक्राउ परे । त्यसपछि छुटेर फेरि उनी २०६५ साल जेठ ५ गते चोरी मुद्दामा जेल गए ।
२०६८ साल असार २४ गते मोटरसाइकल चोरीमा जेल परेपछि ६८ साल फागुन ५ गते जेलबाट छुटेका थिए। उनी फेरि २०६९ साल साउज ३ गते चोरी मुद्दामा फत्राउ परे । जेलबाट छुटेर फेरि उनी २०७२ साल असार ७ गते चोरी तथा डाँका मुद्दामा फत्राउ परि २६ लाख धरौटी बुझाएर छुटेका थिए ।
पछिल्लो ३ वर्षमा उनले गरेका चोरी तथा डकैती
-मिति २०७३।२।१ गते पिडित राम थापाले का।जि।महाराजगन्ज स्थित शिक्षण अस्पताल को पार्कीङमा पार्किंङ राखेको बा ७४ प३६३२ नंको निलो रंगको मोटर साईकल चोरी गरी लगेको।
-मिति २०७३।६।५ गते जिल्ला काभ्रे बनेपानगर पालिका तरकारी बजार अगाडी रहेको बैकमा पैसा जम्मा गर्न भनि झोलामा बोकी लादै गरेको नगद रु ३७,००,०००।( रुपैयाँ मोटरसाइकलमा आएका २ जनाले जबर्जस्ती लुटपाट गरि लान खोजेको तर असफल भएको
– मिति २०७३।६।१४ गते जिल्ला भक्तपुर राधे राधे मन्दिर नजिक बाट माया देबी उप्रेतीको साथमा रहेको नगद रु ९३,०००।–जबर्जस्ती लुटपाट गरी लगेको ।
– मिति २०७३।८।०५ गते जिल्ला भक्तपुर कटुन्जे २ स्थित मनी ट्रान्सफर बाट सुस्मिता सुबेदीले नगद रु ७३,६६९ निकाली जाने क्रममा मोटरसाइकल आई उक्त रकम जबर्जस्ती लुटपाट गरी लगेको ।
– मिति २०७३।०८।१९ गते पवित्र नगर स्थित यमकला भन्डारीले सहकारी बाट निकालेको नगद रु ३,६०,०००।– रुपैया लाने क्रममा का।जि। पवित्र नगर स्थित मोटरसाइकल आई उक्त नगद जबर्जस्ती लुटपाट गरी लगेको ।
– टिका बहादुर थापा मगरले उपत्यकाका बिभिन्न स्थानमा मोटरसाइकलको प्रयोग गरी पिडित लाई पिछा गरी एकान्त स्थानमा पारी नगद तथा धनमाल जबर्जस्ती चोरी गर्ने गरेको खुल्न आएको ।

-मिति २०७१।१०।२१ गते नयाँ बानेश्वर बाट रु १८,८४,६३५ नगद निकाली का।जी। कंलकी बस्ने सरस्वती आचार्य आफ्नो पार्किङ गरी राखेको स्कुटर चढ्न लागेको अवस्थामा निलो मोटरसाइकलमा आई रकम सहितको ब्याग लुटी फरार भएको ।
– मिति २०७१।०७।२१ गते शनी इन्टरप्राइजेज कपनवाट रकम निकालि तेन्जिड। चोकमा पैदल हिडि रहेको अवस्थामा प्रेरणा राईको साथमा रहेको रु १,५५,०००।( मोटरसाइकलमा आई रकम लुटी फरार भएको ।
– मिति २०७१।०९।०६ गते समयमा जिल्ला सर्लाही घर भई जोरपाटी वस्ने वर्ष ४० की सुमित्रा अधिकारीको साथमा रहेको रु ६९,२५०।( रकम सहितको ब्याग लुटी फरार भएको ।
– मिति २०७२।०१।२७ गते विहान वाफल स्थित कोहिनुर हाउजिङको नजिकै सिता श्रेष्ठको २ तोलाको सुनको सिक्री पल्सर मो।सा।मा आएका ब्यक्तिहरुले लुटी फरार भएको ।
– मिति २०७२।०२।२७ गते विहान बुध्दनगरमा उर्मिला कडेलको ३ तोलाको सुनको सिक्री पल्सर मो।सा।मा आएका ब्यक्तिहरुले लुटी फरार भएको ।
-मिति २०७२।०२।३२ गते राती बौद्ध भाटभटेनीको पार्कीङ एरियामा पार्किड। गरी राखेको विष्णु वहादुर गुरुङगको बा।६ च ७६९८ नंको बोलेरो गाडी चोरी गरी मकवानपुर पदमपोखरीमा लगि लुकाई छिपाई राखेको ।
– मिति २०७२।२।२० गते पुरानो बानेश्वरबाट जीवन शर्माको बा६८ प ९०१८ नं। को २२० सीसी को रातो कालो रंङको मोटरसाईकल चोरी गरी लगेको ।
– मिति २०७१।१२।०६ गते ओम अस्पताल चाबहिलबाट राम श्रेष्ठको बा६७ प ८४६८ नम्बरको निलो कालो रंङको पल्सर मोटरसाईकल चोरी गरी लगेको, उक्त मोटरसाइकलमा फर्जि नम्बर ८९५७ राखी बुध्दनगरमा सिक्री लुट्न प्रयोग गरेको साथै सोहि मोटरसाइकलमा ९०६३ नम्बरको नम्बर प्लेट राखि रिता तामाङको नामको नक्कली सवारी चालक अनुमती पत्र समेत बनाएको ।
-मिति २०७२।०२।२१ गते बौध्द भाटभटेनीमा पार्कीङ गरी राखेको राम काजी श्रेष्ठको मोटरसाईकल टिका थापा मगर र तेज वहादुर तामाङले चोरी गरेको ।

यसैबीच काठमाडौं प्रहरीले चोरी गरेको अभयोगमा एकै दिन ९ जना जनालाई पक्राउ गरेको छ। महाराजगंज, जनसेवा, बौद्ध र कालिमाटीमा गरेर ९ जनालाई चोरी गर्दा गर्दैको अवस्थामा पक्राउ गरिएको काठमाडौं प्रहरीका निमित्त प्रमुख प्रद्युम्न कुमार कार्कीले जानकारी दिए। पक्राउ पर्ने २ जना महिला पनि छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More