श्रृष्टिसँगै समुन्द्रमा बेपत्ता भएका सुदीपको पनि मृत्यु

17 February, 2017 12:30 | प्रबास | comments | 3900 Views

सुदीप

अष्ट्रेलियामा केही समयदेखि नेपालीको समुन्द्रमा डुबेर मृत्यु भएको घटना बढिरहेको छ ।

गत १४ फेब्रुअरीको बिहानै सिड्नीमा एक नेपाली युवतीको पानीमा डुबेर मृत्यु भएको छ भने अर्का नेपाली युवा बेपत्ता छन् । र, उक्त बेपत्ता युवा सुदीप उप्रेती पनि मृत भेटिएका छन् । समुन्द्र तटमामा उनको शव फेला परेको छ। श्रृष्टि भण्डारी नाम गरेको युवतीसंग भ्यालेन्टाइन्स डेको पूर्वसन्ध्यामा समुन्द्र तटमा गएका बेला उनीहरुलाई समुन्द्रले बगाएको थियो।

समाचार अनुसार ज्यान गुमाउने मध्ये श्रृष्टि दुई हप्ता अघि मात्रै अष्ट्रेलिया आएकी थिइन् भने सुदीप विगत तीन बर्षदेखि अष्ट्रेलियामा बसोबास गरिरहेका थिए । साँझ पख साथीहरुलाई केही समयपछि फर्किन्छौं भनेर उनीहरु समुन्द्रतर्फ गएका थिए। नफर्किएपछि साथीहरुले उनीहरुलाई समुन्द्रले बगाएको शंकामा खोजी तीब्र पारिएको थियो। झापा घर भएका सुदीप र काठमाडौंकी सृष्टि दुवै न्यू साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी हुन्।

तीन दिनदेखि उद्धार टोलीले निरन्तर उप्रेतीको खोजी गरिरहेकोमा उनको शव बिहिबार बिहान मात्र भेटिएको प्रहरीले जनाएको छ ।

श्रृष्टि

एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यूसाउथवेल्स संयोजक दिनेश पोखरेलले नजिकका आफन्त र परिवारलाई घटनाको बारेमा जानकारी गराइसकिएको बताउनुभयो ।

तस्विर साभार

सिड्नीमा नेपाली युवतीको डुबेर मृत्यु, एक युवा बेपत्ता

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More