Thursday 23, February 2017
नेपाली समय: 11:04:28
जापानी समय: 02:19:28

संरक्षणको पर्खाइमा रुपाताल

10 February, 2017

रुपा ताल

सूर्यको प्रकाश र मौसमका आधारमा पटक पटक पानीको रङ्ग फेरिने गरेका कारण रुपाताल नामाकरण गरिएको भनाइ छ । पोखरा उपत्यकाको तेस्रो ठूलो ताल रुपाको संरक्षण र विकासका लागि ‘रुपाताल संरक्षण एकृकीत विकास परियोजना’ अगाडी सारिएको छ ।

प्राकृतिक एवम् मानवीय अतिक्रमणका कारण अस्तित्वको सङ्कटमा परेको रामसार सूचीमा सूचीकृत रुपातालको दक्षिणतर्फको भूभागमा पक्की बाँध निर्माण गर्न सरकारले चासो देखाएको छ । बाँध निर्माणबाट तालको संरक्षणमा मद्यत पुग्ने देखिन्छ । तालको वास्तविक क्षेत्रफल १३५ हेक्टर हो ।

पछिल्लो समय विभिन्नखाले अतिक्रणका कारण ताल खुम्चिएर १०७ हेक्टरमा सीमित भएको छ । बाँध निर्माणपछि सो तालको क्षेत्रफल १४७ हेक्टर पुग्ने रुपाताल संरक्षण एकीकृत विकास परियोजनाका प्रमुख श्रीराम जोशी बताउनुहुन्छ । तालको दक्षिणतर्फको सिस्ठेनी टुँडाबाट सुवेदी टुँडासम्म ६०० मिटर लम्बाइ र १२ मिटर उचाइको पक्की बाँध निर्माण गरिएपछि पानीको सतह तीन मिटर बढ्ने जोशीको भनाइ छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत मङ्सिर १२ गतेको निर्णयअनुसार परियोजनाका लागि पहिलो चरणमा रु एक अर्ब विनियोजन गरिएको छ । लेखनाथ नगरपालिकाको तालचोकमा कार्यालय स्थापना गरी नापनक्सा तयार गरी तालको सीमाङ्कन छुट्याउने कार्य सुरु गरिएको छ ।

बाँध निर्माणका लागि डिटेल सर्भे गरी पहिलो चरणमा ताल क्षेत्रभित्र पर्ने ८५५ रोपनी व्यक्तिगत जग्गा अधिग्रहण गरिने छ । दक्षिणतर्फको १९० रोपनी र तालको माथिल्लो भाग तालबेँसीतर्फको ६६५ रोपनी जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गरिने परियोजनाले जनाएको छ ।

“एक वर्षभित्र बाँध निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ,” जोशीले भन्नुभयो । परियोजनाले डिटेल सर्भेसहित डिपिआर तयार गर्ने काम सुरु गरिसकेको छ । बाँध निर्माणसँगै माथिल्लो तटीय क्षेत्रको भू–संरक्षणको कार्य पनि सँगै थालिने छ । ताल संरक्षण एवम् विकासका लागि विभिन्न राजनीतिक पार्टी, सरोकारवाला निकाय, स्थानीय प्रशासन, सिँचाइ विभाग, जल उत्पन्न प्रकोप नियन्त्रण, वन, भू–संरक्षण कार्यालय, लेखनाथ नगरपालिका, लेखनाथ उद्योग वाणिज्य सङ्घ र स्थानीय बासिन्दाको सक्रियतामा परियोजनाले काम थालेको रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्थाका अध्यक्ष कुलप्रसाद अधिकारी बताउनुहुन्छ ।

विसं २०५८ देखि कच्ची बाँध निर्माण गरी तालको संरक्षणसहित आयआर्जनका लागि माछा पालन सुरु गरिएको थियो । माछा बिक्रीबाट भएको कुल आम्दानीको १५ प्रतिशत रकम तालको संरक्षणमा खर्च गरिँदै आएको छ । उक्त संस्थाले पहिरोबाट आएको माटो तालबाट निकाल्नुका साथै जलकुम्भी झार निकाल्ने गरेको छ ।

तालसँग जोडिएका १७ वटा सामुदायिक विद्यालय र १४ वटा सामुदायिक वन समूहमा संस्थाले सरसफाइ कार्यक्रम गर्दै आएको छ । राष्ट्रिय ताल संरक्षण विकास समितिको रु २० लाख आर्थिक सहयोग र सहकारीको रकम खर्चेर ज्यामी, खोलाबेसी, क्यादी, तुर्लुलगायत खोलामा चेक ड्याम र सिल्टेसन ट्याङ्की निर्माण गरिएको छ ।

बाँध निर्माणपछि रुपाताललाई पर्यटन केन्द्रका रुपमा विकास गर्न बनभोजस्थल, रेस्टुरेन्ट, बालउद्यान र सभाहल निर्माण गरिनेछ । नहरमार्फत लेखनाथ–१५ मालमुल फाँट र ढोडबेसीमा सिँचाइ सुविधा समेत पु¥याई कृषि उत्पादनमा जोड दिने परियोजनाले जनाएको छ । लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी रुपातालको संरक्षण आवश्यक रहेको बताउनुहुन्छ ।

पोखरा उपत्यकाका नौवटा तालमध्ये सातवटा लेखनाथमा पर्छन् । अतिक्रमणको चपेटामा परेका मैदी, गुदे, दिपाङ, खास्टे, न्यूरेनी ताल संरक्षणको पखाइमा छन् । ताल संरक्षणसँगै विभिन्न प्रजातिका चराचुरुङ्गी, जीवजन्तुको वासस्थान रहेको सो क्षेत्रको जैविक विविधताको संरक्षणसहित पर्यटकीय गतिविधि बढाउँदै आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गर्नु जरुरी रहेको स्थानीय बासिन्दा बताउँछन् ।

(हरि बास्तोला) रासस

रुपाताल संरक्षणमा एक अर्बको परियोजना सुरू

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads