बैठक बैठक

  • बैठक
  • बैठक
  • बैठक
  • बैठक
  • बैठक
  • बैठक

संसदको खर्च तीनगुणा बढी, संघीय र प्रदेश संसदका लागि सवा चार अर्ब

13 December, 2017 14:54 | अर्थ | comments | 89400 Views

बैठक

मुलुकको आर्थिक व्यवमा अब संघीय र प्रदेश संसदको खर्च ह्वात्तै बढ्ने भएको छ । नयाँ संविधान अनुसार गठन हुने संघीय संसद तथा सातै प्रदेशमा प्रदेशसभा सञ्चालनका लागि सवा चार अर्ब रुपियाँ खर्च गर्नुपर्ने अनुमान संसद सचिवालयले गरेको छ ।

यसअघि संसद चलाउन करिब १ अर्ब ४० करोड खर्च हुँदै आएकोमा अब सातवटा प्रदेशमा छुट्टाछुट्टै सभाहरुको सञ्चालन गर्न अढाई अर्बभन्दा बढी अतिरिक्त खर्च हुने बताइएको छ । त्यसमाथि यीभन्दा अझै धेरै गुणा बढी खर्च ती प्रदेशसभाका भौतिक संरचना निर्माण गर्न लाग्ने बताइएको छ ।

संघीय र प्रदेश संसदको भौतिक पूर्वाधार नबन्दासम्म विकास निर्माण छोडेर यिनैमा राष्ट्रिय ढुकुटी खर्च गर्नुपर्ने अवस्था छ । एक दशकयता एक सदनात्मक संसदको मात्र अभ्यास गरिएको नेपालमा अब प्रतिनिधि तथा राष्ट्रियसभा गरी केन्द्रमा पुनः दुई सदनात्मक संसद सञ्चालन हुँदैछ ।

प्रतिनिधिसभाको २७५ सदस्य तथा राष्ट्रियसभाको ५९ सदस्य गरी कुल ३३४ सदस्य केन्द्रमा रहनेछन् । बाहेक सातवटा प्रदेशसभा छन् जुन सबै एक सदनात्मक छन् । तिनको कूल सदस्य संख्या ५५० छ । सबै प्रदेश उही आकारका भने छैनन् । कुनैमा ४० सदस्य मात्र छन् त कुनैमा ११० सम्म छन् ।

यी सबैको सामान्य सञ्चालनका लागि वार्षिक ४ अर्ब २५ करोड वार्षिक खर्च लाग्ने अनुमान गरेको संसद सचिवालयका सहसचिव भरतराज गौतम बताउनुभएको छ ।

यो वर्ष ६०१ सदस्यीय व्यवस्थापिका संसद सञ्चालन गर्न करिब १ अर्ब ४० करोड रुपियाँ लागेको बताउँदै उहाँले अब दुवै सदन गरी ३३४ सदस्यीय संघीय संसद सञ्चालन गर्न त्यतिले नपुग्ने र करिब १ अर्ब ७० करोड रुपियाँ लाग्ने अनुमान रहेको जानकारी दिनुभएको छ ।

त्यसो त यो अनुमान केवल चालु सञ्चालन खर्च अनि तलबभत्ता मात्र हो । त्यसमा सभा र सचिवालयको खर्च जोडिएको छ । केन्द्रमा संघीय संसद व्यवस्थापन गर्न करिब ४३५ कर्मचारी खटाइनेछन् । प्रत्येक प्रदेशसभा सञ्चालनका लागि ५० को हाराहारीमा कर्मचारी खटाउनु पर्ने बताइन्छ ।

यस वर्षको बजेटमा वित्तीय हस्तान्तरणमार्फत प्रदेशहरुको शासन र सञ्चालनका लागि ७ अर्ब १४ करोड छुट्ट्याइएको छ । तर भौतिक निर्माणको रकम न त अध्ययन समितिको अनुमान न त यो बजेटमा जोडिएको छ ।

मुलुकको आर्थिक अवस्थाले भ्याउन नसक्ने भन्दै केही आलोचना भैरहेका बेला वार्षिक सवा चार अर्ब रुपैयाँ संसदको संचालन खर्च मात्रै लाग्ने र सांसदहरुको तलब, भत्ता र सुविधा जोड्दा यो रकम कैयौं गुणा बढेर जानेछ ।

प्रदेशसभाको पहिलो बैठक बस्ने स्थल अन्योलमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
बैठक

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युगान्डा

फेसबुक

युगान्डा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!