संसदीय दलको नेतामा डा रावल

Kabi Adhikari 21 May, 2018 10:19 | प्रदेश , प्रदेश ७ | comments | 31950 Views

प्रदेशसभाको बैठक आरम्भ भएको झन्डै पाँच महिनापछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेश नं ७ को प्रदेशसभामा संसदीय दलको नेता आइतबार चयन गरेको छ ।

आइतबार बसेको काँग्रेसका प्रदेशसभा सदस्यहरुको बैठकले काँग्रेसका प्रदेशसभा सदस्य डा रणबहादुर रावललाई दलको नेतामा सर्वसम्मत चयन गरेको काँग्रेस प्रदेशसभा सदस्य भरतबहादुर खड्काले जानकारी दिनुभयो ।

adsads

दलको नेता चयनका लागि काँग्रेसले प्रदेश नं ७ मा खटाएका काँग्रेस केन्द्रीय सदस्य एनपी साउदको उपस्थितिमा काँग्रेस प्रदेशसभा सदस्यको बैठक बसेको थियो । दलको नेता चयन भएका रावल कैलाली निर्वाचन क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा काँग्रेसका १२ सांसद छन् । आकांक्षी धेरै भएपछि प्रदेशसभा बैठक शुरु भएको लामो समय भइसक्दा पनि काँग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको थिएन । संसदीय दलको नेतामा चयन भएपछि प्रतिक्रिया दिँदै रावलले काँग्रेसले सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

सात प्रदेशमध्ये प्रदेश नं ७ मा सबैभन्दा धेरै जंगल

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पदयात्री

फेसबुक

पदयात्री

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!