Friday 26, May 2017
नेपाली समय: 01:47:06
जापानी समय: 05:02:06

संसद्को चालु अधिवेशन अन्त्यः अर्को हप्ता पुन आह्वान गरिने

18 May, 2017

व्यवस्थापिका–संसद्को चालु दोस्रो अधिवेशन आजबाट अन्त्य भएको छ ।  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यालयबाट चालु अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्र सभामुखले आजको बैठकमा प्रस्तुत गर्दै अधिवेशनको अन्त्य गरेकी हुन् । मन्त्रिपरिषद्को आजकै बैठकले अधिवेशन बारे निर्णय गरेको छ ।

सभामुख ओनसरी घर्तीले सो अधिवेशनमा भए गरेका कामको फेहरिस्त बैठकमा प्रस्तुत गरेकी थिइन् । विसं २०७३ वैशाख २१ गतेदेखि कुल ३८१ दिनका अवधिमा ११४ दिनमा १३५ पटक बैठक बसेको थियो । यसबीचमा १७ विधेयक पारित भएका छन् ।
अधिवेशनमा दोस्रो संशोधन विधेयक एक पटक फिर्ता भई पुनः पेस भएको छ । सो अवधिमा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल निर्वाचित भए ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध अविश्वास प्रस्ताव पेस भयो । त्यस्तै सत्ता पक्ष र प्रतिपक्षको विवादका कारण पटक पटक सदनको कारबाही अवरोध भयो ।

सभामुख घर्तीले अघिल्ला अधिवेशनका तुलनामा यो अधिवेशन केही लामो समय चले पनि संविधानको कार्यान्वयनका सन्दर्भमा महत्वपूर्ण साबित भएको बताइन् । उनले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएकामा सरकार र जनतामा धन्यवाद दिँदै संविधानले तोकेकै समयमा प्रदेश र सङ्घको निर्वाचन पनि सम्पन्न गर्न सम्बन्धित सबैमा आग्रह गरिन् ।

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo