संसारकै सबैभन्दा बढी तौल भएकी महिलाको निधन

26 September, 2017 13:51 | बिचित्र , विश्व समाचार | comments | 34200 Views

संसारकै सबैभन्दा बढी तौल भएकी चर्चित महिला एमान अहमदको निधन भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित बुर्जिल अस्पतालले उनको मुटु र मिर्गौलाको इन्फेक्सनका कारण मृत्यु भएको जनाएको छ । उनि लामो समय देखि उच्च रतचाप र मधुमेहको रोगि भएको बताइएको छ ।

एमानको उपचार २० जना चिकित्सकहरूको टोलीले गरिरहेको थियो । एमानको तौल ५ सय किलोग्राम थियो । उनी केही समयअघि शल्यक्रिया गरेर तौल घटाउन भारत आएकी थिइन् । एमान मिश्रकी नागरिक हुन् । यसै वर्षको जनवरीमा उनी आफ्नो तौल कम गराउन भारत आएकी थिइन् । एमानको मुम्बईको सेफी अस्पतालमा उपचार भएको थियो । भारतीय डाक्टरहरूले उनको सफल शल्यक्रिया गरेर तौल घटाएको दाबी गर्दै आएका थिए ।

डाक्टरहरूले उनको शल्यक्रियापछि तौल घटाएर ५ सय किलोग्रामबाट २ सय ५० किलोग्राम बनाएको बताएका थिए । यद्यपि एमानकी बहिनीले भारतीय चिकित्सकहरूले पुरै झुठो बोलेको आरोप लगाएकी छन् । अस्पतालले एमानकी बहिनीको भनाइको खण्डन गरेको छ ।

मुम्बईमा शल्यक्रियापछि एमानलाई युएईको राजधानी अबुधावी लगिएको थियो । शल्यक्रियाअघि उनी २५ वर्ष घरबाट बाहिर ननिस्किएको बताइएको छ । एमानभन्दा अघि सबैभन्दा बढी तौल भएकी महिला अमेरिकाकी पोलिन पाटरलाई मानिन्थ्यो । उनको तौल २ सय ९२ किलोग्राम थियो । यो रेकर्ड सन् २०१० मा गिनिज बुकमा दर्ता भएको थियो ।

चर्चित खेलाडीले ६ सय ५० महिलासँग शारीरिक सम्बन्ध राखेको खुलासा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More