“सगरमाथा असाध्यै फोहर छ दुई वर्ष आरोहण रोक्नुपर्छ”

20 May, 2018 14:56 | कर्पोरेट/पर्यटन | comments | 29100 Views

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने जो कोहीको सपना हो र त्यो सपना सबैले पूरा गर्न सक्दैनन् । सगरमाथा आरोहण जति खर्चिलो छ त्यत्ति नै जोखिमपूर्ण पनि छ ।

adsads

जोखिम मोलेर सगरमाथाको आरोहण गर्नसक्नु भने विश्वको दुर्लभ आनन्द हो ।  तर, त्यही सगरमाथा यतिबेला डम्पिङ बन्दैगएको छ । केही वर्षयता सगरमाथामा फोहरको मात्रा बढ्दै गएको छ ।

जसको कारण पर्यटक तथा पर्यटन व्यवसायी चिन्तित बन्न थालेका छन् । सगरमाथा क्षेत्रमा फोहोरको बृद्धि हुनुमा सगरमाथा सफाई गर्ने जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिमितले जिम्मेवारी पूरा नगर्दा यसप्रकारको समस्या बढेको विज्ञहरुको भनाई रहेको छ ।

सगरमाथा क्षेत्रमा फलामको डन्डी, सिसा, बोतललगायत फोहोर जताततै रहेको पाइएको पर्यटक तथा सगरमाथा आरोहीहरुले गुनासो गरेका छन् । आरोहीलाई सामग्रीभन्दा पनि आफू कसरी सकुशल फर्कने भन्ने हतारका कारण सगरमाथामा फोहोरको मात्रा बढेको पथप्रदर्शकहरु बताउँछन् ।

हुन त आरोही र कामदारले फोहोरलाई आफैँले फिर्ता ल्याउनुपर्ने पर्वतारोहण नियमावलीमा उल्लेख छ । नष्ट गर्न सकिने, पुनः प्रशोधन गर्न सकिने, र पुनः निकासी गर्नुपर्ने गरी फाहोरलाई तीन भागमा वर्गीकरण गरिएको छ ।

क्याम्प १ भन्दामाथी रहेको फोहोर सगरमाथा आधार शिविर ल्याएर जलाउनुपर्ने, पुनःप्रशोधन गर्न सकिने फोहोर काठमाडौँ महानगरपालिकामा लगेर बुझाउनुपर्ने तथा पुनः निकासी गर्नुपर्ने भए सम्बन्धित आरोहीले आफ्नो देशमा फिर्ता लैजानु पर्ने कानुनी प्रावधान छ ।

सगरमाथा क्षेत्रको फोहोरमैला व्यवस्थापन गर्नका लागि विसं.२०५४ सालदेखि सगरमाथा प्रदूषण नियन्त्रण समितिले प्रतिआरोही ६०० डलर लिने गरेको छ। उक्त शुल्कबाट शौचालय निर्माणदेखि फोहोर सङ्कलन केन्द्र स्थापना गर्ने गरिएको छ । तर सो समितिले फोहोरको व्यवस्थापनमा ध्यान नदिएको आरोहीको आरोप छ।

जिम्मेवार निकायको वेवास्ताका ककारण विश्वको सर्वोच्च शिखर सगरमाथा हिउँको साटो फोहारको डुंगुरले चुलिने चिन्ता बढेको छ ।

यो वर्ष सगरमाथा आरोहणको सुरुवात भएको छ र एकैपटक सयौं आरोही शिखरमा पुगेका छन् । यस्तैमा पर्दछन् कीर्तिमानी आरोही पेम्बा दोर्जे शर्पा । उनले सगरमाथामा फोहर देखेर चित्त दुखाएका छन् ।

यस वर्ष अठारौं पटक सगरमाथाको आरोहण गरेपछि सगरमाथाको दुर्दशा देखेर चित्त दुखाएका शेर्पाले सगरमाथा अत्यन्तै फोहोर भएको र दुई वर्षजति आरोहण रोकेर सफाई गर्नुपर्ने सुझाव दिएका छन् ।

२७७ आरोही सगरमाथाको चुचुरोमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

सहयोग

फेसबुक

सहयोग

ट्वीटर

सामाजिक सञ्जाल

More