सगरमाथा आरोहणका क्रममा जापानी आरोहीको मृत्यु

22 May, 2018 17:42 | जापान | comments | 50400 Views

हातका नौओटा औला गुमाएका जापानका एक आरोही विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा आरोहण गर्ने क्रममा मृत्यु भएको छ ।

नोबुकजु कुरिकी नामक ती आरोहीको सगरमाथा आरोहण गर्ने आठौं पटक प्रयास गर्दा मृत्यु भएको हो ।

adsads
बिरामी भएर आफ्ना टोलीसंग सम्पर्क गुमाएका ३६ वर्षीय आरोही यस महिना आरोहण गर्दा मृत्यु हुनेमा तेश्रो हुन् ।

गत आइतबार कुरिकी ७४९९ मिटर उचाईमा पुगेका थिए । उनले फेसबुकमा “बल्ल मैले हिमाल चढ्दाको दुखाइ र कठिनाई महसुस गरे । म त्यसको कदर गर्दै चड्दै छु” भन्ने सन्देश दिएका थिए ।

उनी अनुभब भएका आरोही थिए। उनले ८००० मिटर अग्ला अन्य दुर्इ शिखर अक्सिजन बिना आरोहण गरेका थिए र उनको २०१२ मै सगरमाथाको शिखरमा पुग्ने चौथो प्रयासमा धेरै पीडा सहेका थिए र आफ्नो ९ ओटा औला गुमाएका थिए ।

नेपालमा आएको सन् २०१५ को भुकम्प पछि सन् २०१६ र २०१७ मा उनले फेरी प्रयास गरेका थिए तर सफल भने भएनन् । कुरिकीको यात्रा व्यवस्था गर्ने बोची बोची ट्रेक्सका मनबहादुर गुरुङले उनको शब काठमाडौँ लैजाने प्रयास गरिरहेको बताए ।

२२ औं पटक सगरमाथा आरोहण गर्दै कामी रीताले बनाए विश्व कीर्तिमान

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More