सञ्चार सुविधा नहुँदा समस्या 

23 November, 2017 19:13 | जन सरोकार | comments | 17250 Views

 

जाजरकोटका ४० भन्दा बढी मतदान केन्द्र तथा स्थलमा टेलिफोनको सहज पहुँच नहुँदा समस्या भएको छ । टेलिफोनको टावरले काम नगर्दा सूचना दिन र लिन समस्या भएको वारेकोट गाउँपालिकाको मुलसाम केन्द्रमा खटिएका कर्मचारीले बताएका छन् । 

जुनीचाँदे गाउँपालिकाको जुनीमा खटिने कर्मचारीलाई पनि सञ्चारको असुविधा छ । नलगाड नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा टेलिफोनको पहुँच छैन ।

भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका मतदाता भोट हाल्न घर फर्कदै छन् । विभिन्न दलले नेपालगञ्ज, सुर्खेत र काठमाडौँबाट जाजरकोट आउने मतदातालाई यातायातको व्यवस्था गरेका छन् ।

हिँडेरै कर्मचारी मतदान केन्द्रमा

सडक सञ्जालले नछोएका जाजरकोटका दुर्गम गाउँमा पुग्न कर्मचारीलाई समस्या भएको छ ।

आवश्यक बन्दोबस्तीका सामग्रीसहित कर्मचारीलाई निश्चित समयभित्र तोकिएको ठाउँमा पुग्न हम्मेहम्मे भएको छ । बढ्दै गरेको चिसोका कारण कर्मचारीलाई समस्या भएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन सामग्रीसहित कर्मचारीलाई मतदान केन्द्रतर्फ खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँका दुर्गम जुनीचाँदे गाउँपलिका र वारेकाट गाउँपालिकामा पुग्न तीन दिन लाग्छ । कार्यालयले दुर्गम क्षेत्रका मतदान केन्द्रका लागि गत सोमबारदेखि कर्मचारी पठाउन शुरु गरेको हो । निर्वाचनका लागि एक हजार कर्मचारी खटिने छन् ।

बुधबारसम्म १०० भन्दाबढी मतदान केन्द्रका लागि कर्मचारी खटिसकेको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले बताए । निर्वाचन कार्ययोजनाअनुसार बिहीबारसम्म सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने उनले बताए । जिल्लामा ८५ मतदानस्थल र ११६ मतदान केन्द्र निर्धारण गरिएको छ ।

जाजरकोटमा ७२ मतदानस्थल अतिसंवेदनशील मानिएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए। सुरक्षा चुनौतीको हिसाबले संवेदनशील जिल्ला मानिए पनि सुरक्षाको उचित व्यवस्थापन मिलाइएको उनले बताए।

पुग्ला एक वर्षभित्र गाउँगाउँमा इन्टरनेट सुविधा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More