Wednesday 29, March 2017
नेपाली समय: 11:27:38
जापानी समय: 02:42:38

सडक बत्तीको बक्यौता विवरण उपलब्ध गराउन निर्देशन

11 January, 2017

download-68

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तत्काल सडक बत्तीको विद्युत् बक्यौताको विवरण उपलब्ध गराउन र महसुल तिर्ने व्यवस्था मिलाउन महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई निर्देशन दिएको छ ।

मन्त्रालयका उपसचिव प्रेमराज जोशीले नेपाल विद्युत् प्राधिकरणले पटक-पटक विद्युत् महसुल बक्यौता भएको भन्दै पत्राचार गरेपछि आफूहरुले सो को विवरण मन्त्रालयमा उपलब्ध गराउन र प्राधिकरणको स्थानीय वितरण केन्द्रसँग समन्वय गरेर महसुल तिर्ने वातावरण बनाउन निर्देशन दिइएको जानकारी दिनुभयो ।

आव २०६६-६७ देखि आव २०७२-७३ सम्मको विद्युत् बक्यौता मात्रै करिब रु १४ अर्ब रहेको प्राधिकरणले जनाएको छ । वार्षिक रु दुई अर्बका दरले महसुल उठ्नुपर्नेमा महानगर, उपमहानगर र नगरपालिकाले बक्यौता तिर्न अटेर गर्दै आएको पाइएपछि मन्त्रालयले नै परिपत्र गरेको हो ।

मुलुकभर काठमाडौँ महानगरपालिका, १२ उपमहानगरपालिका र दुई सय १४ नगरपालिका छन् । प्राधिकरणले सरकारी निकायले नै बक्यौता नर्तिदा समस्या भएको भन्दै ऊर्जा मन्त्रालयमार्फत महसुल उठाइदिन आग्रह गरेको थियो । सोही आग्रहका आधारमा तीन दिनभित्र सम्पूर्ण विवरण उपलब्ध गराउन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको उपसचिव जोशीले बताउनुभयो ।

सांसद्’ बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo