सन्दर्भ नारायणगोपाल स्मृति दिवस : अझै अधुरो छ उनको सपना (भिडियोसहित)

5 December, 2017 14:41 | कला/मनोरन्जन , कलिउड | comments | 21450 Views

गीत मात्र गीत नबनोस्, त्यो कालयजयी बनोस् भन्ने चाहने नारायण गोपाल त्यसै स्वरसम्राटको उपाधीद्वारा विभूषित भएका हैनन् । आज उनको देहावसान भएको २७ वर्ष बितिसक्दा पनि उनको नेपाली आधुनिक संगीतमा दिएको योदानको त्यो उचाई कसैले छुन सकेको छैन ।

स्वरको माधुर्यता र रेञ्ज, गीत छनोटको उत्कृष्टता, शब्द चयनमा पोख्त, अनि गीतका माध्यमबाट साहित्यमा क्रान्ति गर्नुपर्छ भन्ने सोच राख्ने ननारायण गोपालले गीतलाई जहिल्यै उत्कृष्ट बनाउन खोजे र कुनैकुनै गीत २५ पटकसम्म गाइरहे । जबसम्म उनलाई चित्त बुझ्दैनथ्यो उनी गाइरहन्थे ।

संगीतकारले भयो भनेर कर गरे उनी गीत गाउनै छाडिदिन्छे । नारायणगोपाल गीतको उत्कृष्टताका लागि भ्वाइलिन अत्यावश्यक मान्दथे र उनी यसको विकासका लागि लागिपरेका थिए । तर, उनको जीवनकालमा त्यो सम्भव भएन भएन, आज उनको मृत्यु भएको साँढे दुई दशक नाघिसक्दा पनि त्यो सपना सपनै रहेको छ ।

नारायणगोपाललाई भ्वाइलनको समवेत स्वर एकदमै मन पथ्र्यो । नेपालमा पाँच–छ जना मात्रै थिए, अलि ठीकसँग भ्वाइलिन बजाउन सक्नेहरू । तर अर्केस्ट्रालाई त्यतिले पुग्दैनथ्यो । अनि भ्वाइलिनबाट जस्तो पन्च आउनुपर्छ, त्यो मिठास निस्किँदैनथ्यो । बम्बईमा त भ्वाइलिन राम्ररी बजाउने सक्ने पचासौँ मान्छे भेटिन्थे ।

नेपालमा पनि बम्बईमा भ्वाइलिनबाधक उत्पादन गर्नुपर्छ भन्ने उहाँको सपना थियो । उहाँको मृत्युपछि उहाँकै निवासमाा नारायणगोपाल संगीत कोष खडाभयो र सुरु भयो भ्वाइलिन शिक्षा । यो अहिले पनि जारी छ तर, नारायणगोपालको सपना पूरा हुने गरी भ्वाइलिन बाधक तयार हुन सकेका छैनन् ।

नारायण गोपालको अर्को पनि सपना थियो- एउटा गीतगंगा नामको अडिटोरियम हल बनाउने । त्यो पुरा गर्न चार करोड रुपैयाँ अनुमानित खर्च लाग्छ । तर यसका लागि सरकारले कुनै चासो देखाएको छैन । न त संगीत नाट्य विधाको उत्थानका लागि खुलेको एकेडेमीले नै

हुन त अघिल्लो वर्ष हल निर्माणका लागि सरकारले दश लाख सहयोग दिएको छ सो हल नारायण गोपालकै निवासमा बन्नेछ । तर, त्यो रकमले केही हुनेवाला छैन । कलाकार देशको गहना मानिए पनि त्यो अनुसार व्यवहार भने राज्यले गर्न सकेको छैन । अझ नारायणगोपाल जस्ता क्रान्तिकारी गायकको सपना पूरा गर्न सरकारले कञ्जुस्याई र अर्बपति नेताहरुको उपचारमा करोडौं खर्च गरेको देख्दा धिक्कार बाहेक भन्ने अरु शब्द छैन ।

कसरी चलिरहेको छ कोषमा भ्वाइलिन कक्षा हेरौं भिडियो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

प्रम कार्यालय

फेसबुक

प्रम कार्यालय

ट्वीटर

सामाजिक सञ्जाल

More