सन्दीप चौथो खेलमा पनि दिल्लीको टिम परेनन्

16 April, 2018 23:30 | खेल | comments | 9150 Views

आइपिएल क्रिकेटमा नेपालका युवा स्पिनर सन्दीप लामिछानेले चौथो खेलमा पनि खेल्न नपाउने भएका छन् । दिल्ली डेयरडेभिल्सले सोमबार कोलकाता नाइटराइडर्स विरुद्धको खेलमा सन्दीपलाई टिममा नराखेको हो ।

कोलकतामा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको दिल्लीको टिममा गौतम गाम्भिर, जासन रोए, रिशव पन्त, ग्लेन म्याक्सवेल, श्रेयास इयर, विजय शंकर, क्रिस मोरिस, राहुल टेवाइटा, साहवाज नदिम, मोहमद सामी र ट्रेन्ट बाउल्ट छन् ।

आइपिएलमा पछिल्ला ३ खेलमा दिल्लीले २ खेलमा हार र १ खेलमा जित हात पारेको छ । कोलकताले पनि १ खेलमा जित र २ खेलमा पराजित भोगेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More