Monday 29, May 2017
नेपाली समय: 11:21:59
जापानी समय: 02:36:59

सप्तरीमा एक फिटसम्म असिना अन्नबाली नष्ट

20 March, 2017

सप्तरीमा पानीसँगै बाक्लो असिना परेको छ । असिनाका कारण सप्तरीको जनजीवन प्रभावित भएको छ । जिल्लाको पूर्वी र उत्तरी क्षेत्रमा ठूलो मात्रामा असिना परेको छ ।

पूर्व-पश्चिम राजमार्गमा समेत खसेको असिना एक फिटसम्म जमेको छ । करिब एक घण्टासम्म लगातार असिना खसेको स्थानीयहरुले बताएका छन् । जिल्लाको जण्डौल, बकधुवा गाविसका साथै कञ्चनरुप नगरपालिकामा व्यापक असिना खसेको छ । जिल्ला सदरमुकाम राजविराजसहित दक्षिणी क्षेत्रमा वर्षा भएपनि सामान्य असिना खसेको थियो ।

पछिल्लो तीन दशकभन्दा बढी समयपछि यत्रो असिना खसेको बताईएको छ  । असिनाको कारण अन्नवालि नष्ट भएको छ  भने फुलेको फूल र चिचिला नष्ट भएको छ ।

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo