Monday 29, May 2017
नेपाली समय: 11:23:49
जापानी समय: 02:38:49

सबैभन्दा बढि विज्ञापन कर बुझाए बापत एनसेललाई सम्मान

11 January, 2017

काठमाडौं महानगरपालिकाले देशकै अग्रणी जिएसएम मोबाईल सेवाप्रदायक कम्पनी एनसेललाई गत आर्थिक वर्षमा सबैभन्दा बढि विज्ञापन कर बुझाएबापत सम्मान गरेको छ । काठमाडौं महानगरपालिकाले एनसेललाई सोमबार यो सम्मान स्वरुप कदर पत्र प्रदान गरेको हो ।

ncel

काठमाडौं महानगरपालिकाको २९ औं महानगर परिषदबाट पारित बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा सो सम्मान प्रदान गरिएको हो । कार्यक्रममासंघीय मामिला तथा स्थानीय विकास मन्त्रि हितराज पाण्डेले एनसेलका सुरक्षानिर्देशक महेन्द्र भट्टचनलाई सम्मानस्वरुप सो कदर पत्र हस्तान्तरण गरेका थिए ।

कदर पत्रमा काठमाडौं महानगरपालिका कार्यलयलाई आर्थिक वर्ष २०७२÷२०७३ मा विज्ञापन करतर्फ सबैभन्दा बढि भुक्तानी गरी महानगर निर्माणमा अतुलनिय योगदान गरे बापत सम्मान गरिएको जनाइएको छ । महानगरपालिका कार्यलयका अनुसार, गतआर्थिक वर्ष २०७२÷२०७३ मा कार्यलयले ४ करोड १७ लाख विज्ञापन कर संकलन गरेको थियो । कुल संकलित विज्ञापन करको १ तिहाई योगदान एनसेलले गरेको थियो ।

निजी क्षेत्रको पहिलो मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदातालगायतको सम्मान पाईसकेको छ । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो जानकारी अनुसार १ करोड ४३ लाख नेपालीले एनसेलको सेवा लिएका छन् ।

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo