काव्य यात्रा काव्य यात्रा

  • काव्य यात्रा
  • काव्य यात्रा
  • काव्य यात्रा
  • काव्य यात्रा
  • काव्य यात्रा
  • काव्य यात्रा

समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा दोस्रो ‘काव्य यात्रा’ बेलायतमा सम्पन्न

9 July, 2018 17:09 | प्रबास | comments | 5700 Views

काव्य यात्रा

बेलायतको ब्राक्नेल सहरमा दोस्रो ‘काव्य यात्रा’ सम्पन्न भएको छ । समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त ‘काव्य यात्रा’को दोस्रो श्रृंखलामा विभिन्न कविहरुले कविता र मुक्तक सुनाएका थिए ।

adsads

आयोजक संस्था समकालीन साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण बजगाईंले नेपाली डायोस्पोराका दोस्रो पुस्तामा समेत नेपाली भाषा र साहित्य पुर्याउन यस्ता काव्य यात्राले सहयोग पुग्ने बताए । काव्य यात्राको तेस्रो श्रृंखला बेलायतको अर्को सहरमा चाँडै आयोजना गरिने र काव्य यात्रामा वाचित कविताहरुको संग्रह प्रकाशनमा ल्याइने कुरा उनले बताए ।

साहित्यकार विजय सापकोटाले साहित्य सम्बन्धि अनुभव र शिप नेपाली समुदायमा प्रतिष्ठानले बाँड्नु पर्ने बताए । दोस्रो काव्य यात्राका संयोजक विनोद अधिकारीले साहित्यका माध्यमले बेलायतका विभिन्न सहरमा रहनु हुने नेपाली साहित्य प्रेमीहरु एकै ठाउँमा भेला हुन पाउने अवसर जुराएकोमा खुशी व्यक्त गरे।

उक्त कार्यक्रममा लन्डन, रेडिङ र ब्राक्नेल सहरबाट आएका कविहरु विनोद अधिकारी, विद्या पहारी सापकोटा, लक्ष्मी पौडेल, ओमकार अधिकारी, महेश आचार्य, निर्मला न्यौपाने, संजु बजगाईं, अभियान घिमिरे, एलेक्स सापकोटा, शुभ अधिकारी, सुयश बजगाईं, पोमलाल सापकोटा, विशाल पहारी, अंजु आचार्य, विजय सापकोटा र कृष्ण बजगाईंले कविता र मुक्तक वाचन गरेका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
काव्य यात्रा

तपाईंको प्रतिकृया

Loading...
फाइनल
क्रोयसिया Vs फ्रान्स
जुलाई १५, ८:४५ PM

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More