समयमा काम नसक्नेलाई तत्काल करवाही गर्ने कानुन आवश्यक

25 May, 2018 20:02 | राजनीति | comments | 35400 Views

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले समयमा काम नसक्ने निर्माण व्यवसायीलाई तत्काल कारवाही गर्नसक्ने कानुन आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय शहीद स्मारक गोकर्णमा पार्क निर्माण आरम्भको १२ औं वर्षको अवसरमा आयोजित कार्यक्रममा मेयर चालिसेले सो आवश्यकतामा जोड दिनुभएको हो ।

adsads

कानुन मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मेयर चालिसेले समयमा काम नसक्ने ठेकेदारलाई निजामती कर्मचारीले पनि साथ दिएको बताउँदै निर्माण व्यवसायीले काम नगर्दा पनि कारवाही नहुने कानून परिवर्तन गरिनुपर्ने माग गर्नुभयो ।

उहाँले सडक विस्तारमा पनि निर्माण व्यवसायीले ढिलाइ गर्दा नागरिक हिलो र धुलो खान बाध्य भएको गुनासो गर्नुभयो । त्यस्तै उहाँले कानुनकै अभाव र विगतमा स्थानीय सरकार नहुँदा शहीद स्मारक निर्माणमा निर्माण व्यवसायीले धोका दिएको बताउँदै अब त्यस्तो हुन नदिने वाचा गर्नुभयो ।

उहाँले स्थानीय सरकारलाई संवैधानिक रुपमा २२ वटा अधिकारको सूची दिइएकाले स्मारक निर्माणको काम अब नगरपालिकाले नै हेर्ने बताउनुभयो ।

कार्यक्रममा शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले जहरसिंह पौवा र सलम्बुदेवी सामुदायिक वनमा निर्माण भइरहेको स्मारकअन्तर्गतको सहायक पार्क पनि अस्तव्यस्त रहेको सुनाउनुभयो ।

दिइएको अधिकार कार्यान्वयन गर्न ऐनको अभाव : मेयर चालिसे

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

फेसबुक

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

ट्वीटर

सामाजिक सञ्जाल

More