समयमा काम सम्पन्न नगर्ने दुई निर्माण व्यवसायी पक्राउ

24 May, 2018 22:26 | अर्थ | comments | 38850 Views

मुलुकको भौतिक पूर्वाधार निर्माणको ठेक्का लिएर तोकिएको समयमा निर्माणको काम पूरा नगरेको भन्दै दाङमा दुई निर्माण व्यवसायी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख दुर्गा सिंहका अनुसार पक्राउ पर्नेमा निर्माण व्यवसायी पदम शर्मा र प्रकाश महतरा छन् ।

adsads

शर्मालाई घोराहीमा सडक र पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै घोराहीबाट र महतरालाई तुलसीपुरमा सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै तुलसीपुरबाट पक्राउ गरिएको हो । अन्य निर्माण व्यवसायीको खोजीलाई तीव्र पारिएको छ ।

जिल्लामा ३५ भन्दा बढी योजना निर्माणका काममा ढिलासुस्ती भएको तथ्यांक आफूहरुले पाएको प्रहरी प्रमुख सिंहले बताउनुभयो ।

निर्माण व्यवसायीलाई साढे छ लाख जरिवाना

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More