समानुपातिकको नतिजा आइनसकि एमाले माओवादी बीच खटपट

14 December, 2017 00:15 | राजनीति | comments | 54300 Views

समानुपातिक तर्फको अन्तिम मतपरिणाम आइनसकी एमाले र माओवादी बीच पार्टी एकीकरणको विषयमा खटपट सुरु भएको छ । एमालेका तेता शंकर पोखरेलले बुधबार दिएको अभिव्यक्तिले यो कुरालाई पुष्टी गरेको छ ।  नेता पोखे्रलले केन्द्र र प्रदेश सरकार गठनपछि मात्र पार्टी एकता हुने बताएका छन् । एउटै घोषणा पत्रमा चुनाव लडेको कारण सरकारको नीति तथा कार्यक्रमहरु एउटै हुने भन्दै उनले पहिला जनादेशको सम्मान अनि मात्र पार्टी एकता हुने बताए ।

नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा पोखरलले भने, ‘छिटो भन्दा छिटो केन्द्रीय सरकारको गठन, प्रदेश सरकारको गठन गर्छौं । अनि मात्र पार्टी एकीकरण हुन्छ ।’

पोखरेलले एक महिना भित्र केन्द्रीय सरकार निर्माण हुने र केन्द्रीय सरकार गठन पछि नै प्रदेश सरकारका लागि पहल हुने बताए । उनले भने, बर्तमान सरकारले निर्वाचन पहिला नै प्रदेश सरकारको लागि आवश्यक संरचना निर्माण गर्नुपर्ने भएपनि सो नगरेको कारण केही समय अलमल हुनसक्छ ।’

जनताबाट अस्वीकृत भएको बर्तमान सरकारलाई दिर्घकालिन असर पर्नेर् खालका राजनीतिक नियुक्ति गर्ने नैतिक अधिकार नभएको उनले बताए । भने, ‘ताजा जनादेशलाई उपेक्षा नगर्न समेत चेतावनी दिन चाहन्छु ।’

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बाटोमा गृहकार्य गर्न सिकाउँदै

फेसबुक

बाटोमा गृहकार्य गर्न सिकाउँदै

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!