समानुपातिकको परिणाम नआउँदै मुख्यमन्त्री बन्न हानथाप

13 December, 2017 10:55 | राजनीति | comments | 23850 Views

प्रतिनिधिसभाको प्रत्यक्ष र प्रदेशसभाको लगभग मतपरिणाम आएपछि राजनीतिक दलहरुको हैसियतको स्पष्ष्ट चित्र देखापरेको छ । सात प्रदेशमध्ये छ प्रदेशमा बाम गठबन्धनको बहुमत छ भने प्रदेश दुईमा मधेशवादी गठबन्धनको ।

सिंहदरबारको सरकारको त कुनै समस्या नभए पनि अब प्रदेश मुख्यमन्त्रीको होड सुरु भएको छ । बाम गठबन्धनको बहुमत रहेको छ प्रदेशमा एमालेभित्र र माओवादी एमालेभित्र हानथाप सुरु भएको छ ।

त्यसो त मधेशवादीको बहुमत रहेको प्रदेश नम्बर दुईमा पनि मुख्यमन्त्रीको हानथाप छ । ८ जिल्ला रहेको प्रदेश २ मा मधेसी गठबन्धनको बहुमत छ तर त्यहाँ कुन दलका नेता मुख्यमन्त्री बन्ने भन्ने होड छ ।

त्यसैले संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भने समानुपातिकको मतपरिणाम पनि आइसकेपछि मुख्यमन्त्रीको विषयमा छलफल हुने प्रतिक्रिया दिनुहुन्छ ।

उता निर्वाचन अघिदेखि नै प्रदेश ४ को मुख्यमन्त्री बन्ने दौडमा एमालेका किरण गुरुङ र पृथ्वीसुब्बा गुरुङमध्ये को बन्ने भन्ने होड छ । पृथ्वीसुब्बाले चुनाव प्रचारकै क्रममा आफू मुख्यमन्त्री बन्ने भएकाले जिताउन आह्वान गर्दै आउनुभएको थियो ।

यसैगरी प्रदेश ५ को मुख्यमन्त्रीमा वाम गठबन्धनभित्रै हानथाप छ । एमालेका शंकर पोख्रेल मुख्यमन्त्रीको बलियो दावेदार भए पनि प्रत्यक्षतर्फको निर्वाचन परिणामपछि रोल्पाका कुलबहादुर केसी सोनामले पनि दाबी रहेको छ ।

यसैगरी ६ नम्बर प्रदेशमा पनि एमाले-माओवादीबीच अहिलेदेखि नै हानथाप सुरु भएको छ । यो प्रदेशको प्रदेशसभातर्फ प्रत्यक्षतर्फ एमालेले १४ र माओवादी केन्द्रले ९ स्थानमा विजय हासिल गरेका छन् । प्रत्यक्षतर्फ ४० र समानुपातिकमा १६ गरी कुल ४० सदस्यीय हुने यो प्रदेशमा कांग्रेसले प्रत्यक्षतर्फ मात्रै १ स्थानमा जित निकालेको छ ।

यहाँ मुख्यमन्त्रीका लागि एमालेबाट पोलिटब्युरो सदस्य यामलाल कँडेल र प्रकाश ज्वाला तथा माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारीले दाबी छ ।

प्रत्यक्षतर्फ धेरै सिट जितेको एमाले मुख्यमन्त्रीमा आफ्नो दाबी स्वभाविक ठान्छ भने सशस्त्र द्वन्द्वको आधारभूमि भएकाले मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने माओवादी तर्क छ ।

दौड मुख्यमन्त्रीको

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

प्रम कार्यालय

फेसबुक

प्रम कार्यालय

ट्वीटर

सामाजिक सञ्जाल

More