समानुपातिक बन्द सूचीका नाम तलमाथि गर्न पाईँदैनः निर्वाचन आयोग

13 December, 2017 21:37 | जन सरोकार | comments | 125400 Views

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दलहरुले समानुपातिकतर्फको बन्द सूचीमा राखेका उमेदवारका नामहरुलाई नै क्रमशः अनुसार नै राख्नुपर्ने बताएका छन् ।

बुधबार राजधानीमा आयोजना गरिएको  साक्षात्कारमा प्रमुख आयुक्त यादवले भने, “दलहरुले आयोगमा बुझाएको बन्द सुचि अनुसार नै क्रमशः पहिलो, दोस्रो र तेस्रोको क्रममा रहेका नामहरुलाई प्राथमिकता दिनुपर्छ, सबैको प्रतिनिधित्व सुनिश्चित गर्नको लागि पनि दलहरुले यसलाई अनिवार्य रुपमा फलो गर्नुपर्छ ।

adsads

उनले समानुपातिकमा बन्द सूचीका नामहरुलाई तलमाथि गर्न नपाईने स्पष्ट पारेका छन् । उनले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भैसकेको र अब दुई दिनभित्रै समानुपातिकतर्फको पनि सम्पूर्ण मतपरिणाम सार्वजनिक हुने विश्वास दिलाए ।

उनले थपे, “आयोगले भनेकै समयमा मतपरिणाम सार्वजनिक भएको छ, हामीले एक हप्ताभित्रै सबै मतपरिणाम आउँछ भनेर भनेका थियौं, सोही अनुसार प्रत्यक्षतर्फको आईसकेको छ, अब समानुपातिक लगायत सबै परिणाम दुई दिनभित्रै आउँछ, हामी ढुक्क छौं ।”

निर्वाचन सफल रुपमा सम्पन्न गरेको भनेर अहिले विभिन्न निकाय, संघसंस्थाहरुले आफूहरुलाई बधाई तथा धन्यवाद दिईरहेको उल्लेख गर्दै यादवले थपे, “निर्वाचन आयोगले यो निर्वाचन सम्पन्न गर्न खेलेको भूमिका र व्यवस्थापनको मुल्यांकन गर्ने जिम्मा तपाई सञ्चारकर्मीहरुको पनि हो, हामीले गरेको कामको अहिले चौतर्फी प्रशंसाहरु भैरहेका छन्, हामी ज्यादै खुशी छौं, उत्साहित छौं ।”

स्थानीय तहको निर्वाचनदेखि हालै सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई सफल रुपमा सम्पन्न गराउनको लागि ज्यादै अनुकुलात्मक वातावरण सिर्जना गर्न मिडियाले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै उनले धन्यवाद एवम् बधाई समेत दिए ।

यो पनि पढ्नुहोस्

कास्कीमा समानुपातिकमा एमाले पहिलो दल

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More