समृद्ध नेपालका लागि विज्ञहरुको बहस कार्यक्रम हुँदै

10 August, 2018 17:29 | जापान | comments | 8550 Views

समृद्ध नेपाल निमार्णका लागि जापानवासी नेपालीहरु सक्रिय हुन थालेका छन् । शनिबार जापानमा विभिन्न पेशा व्यवसायमा सकृय विज्ञहरुले विषयगत छलफल गर्ने भएका छन् ।

adsads

टोकियोस्थित जाईका हलमा आयोजना हुने कार्यक्रममा जापानका विभिन्न विश्वविद्यालयमा अध्यापनरत नेपाली प्राध्यापक, विद्यार्थी सहित विषय विज्ञहरुले नेपालको समृद्धि र समग्र विकासका लागि अन्तर्राष्ट्रिय अनुभव र कार्यप्रणाली लगायतका विषयमा छलफल गर्नेछन् ।

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको मुख्य आथित्यमा एहिमे विश्वविद्यालयका प्राध्यापक डा नेत्रप्रकाश भण्डारी र सिटि नेट सचिवालयका निर्देशक केन्द्र हिराताले मुख्य रुपमा अन्तर्राष्ट्रिय अनुभव र कार्यप्रणालीका बारेमा जानकारी दिनुहुने छ ।

कार्यक्रममा गैरआवासीय नेपालीसंघ एनआरएनएका अध्यक्ष भवन भट्ट लगायतका विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहने बताइएको छ ।

नेपाल जापान डाईलग सिरिज नाम दिइएको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More