सरकारको वार्षिक नीति तथा कार्यक्रम : आर्थिक वृद्धिमा इतिहास रच्ने

21 May, 2018 20:26 | अर्थ | comments | 39750 Views

सरकारले आगामी वर्षदेखि आर्थिक वृद्धिमा इतिहास रच्दै दोहोरो अंक नजिकको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य लिएको बताएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संयुक्त संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बुद्ध र सगरमाथाले चिनिने मुलुकलाई समृद्ध मुलुकको रुपमा सम्मानित बनाइने उल्लेख गर्दै आगमी वर्ष समृद्धिमा इतिहास रच्ने आधार वर्ष हुने दाबी गरेको हो ।

adsads

आर्थिक वर्षमा दोहोरो अंक नजिकको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्यका साथै ५ वर्षमा दोहोरो अंकको आर्थिक बृद्धिदर हालिस गर्ने र प्रतिव्यक्ति आय दोब्बर बनाउने लक्ष्य नीति तथा कार्यक्रमको छ ।

त्यसै गरी एक दशकभित्रै समृद्धिसहितको सम्मानित अवस्थामा देशलाई पुर्‍याउने प्रतिबद्धता जाहेरगर्दै दश वर्षभित्रै अन्तर्राष्ट्रिय तहमा सम्मानित बनाउने घोषणा गरेको हो ।

सरकारले बुद्ध र सगरमाथाले चिनिने मुलुकलाई समृद्ध मुलुकको रुपमा सम्मानित बनाइने उल्लेख गरेको छ । नीति तथा कार्यक्रममा सरकारले कुनै बहानामा सरकारी काममा जोरजुलुम र अराजकता स्विकार नहुने स्प्ष्ट पारेकको छ ।

यसै गरी सरकारले नीति तथा कार्यक्रममा जनता सामू लोकप्रिय हुन जनताको काम गरेर हासिल गर्ने बताएको छ ।

त्यसै गरी मुख्य सहरलाई हरित सहरको रुपमा विकास गरिने र साना, मझौला तथा ठूला जलविद्युतलाई जोड दिएको छ । सरकारले ५ वर्षमा ५ हजार मेगावाट र १० वर्ष भित्र १५ हजार मेगावाट विजुली निकाल्ने नीति अबलम्बन गर्ने जनाएको छ ।

नीति तथा कार्यक्रममा सिमेन्ट उद्योगलाई निर्यात मूलक उद्योगको रुपमा स्थापित गराइने र स्वदेशी उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धीयुक्त बनाइने उल्लेख छ ।

त्यस्तै आगामी १ वर्षभित्रमा गौतम बुद्ध क्षेत्रीय विमानस्थल र ३ वर्षभित्रमा पोखरा क्षेत्रीय विमानस्थल सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।।

नीति तथा कार्यक्रम वाम गठबन्धनको चुनावी घोषणा र प्रधानमन्त्री केपी शर्मा ओलीको रारा सम्बोधनमा आधारित भएर आएको छ । नीति तथा कार्यक्रममा कम्युनिस्ट पार्टीको सरकारले गर्ने कामहरुको क्यालेन्डरसहित सम्बृद्धिका योजना समेटिएको छ ।

सम्बृद्ध नेपाल, सुखी नेपाली भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभियानमा केन्द्रित रहेर नीति तथा कार्यक्रम तयार पारिएको छ ।

राष्ट्रपति भण्डारी नयाँ बानेश्वरस्थित संसद् भवनमा आगमन हुँदा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, न्याय, कानून तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङ, संसद् सचिवालयका महासचिवसहित सचिवालयका उच्च अधिकृतले स्वागत गर्नुभएको थियो ।

सोही अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो ।

सरकार गठन भएको ठीक तीन महिनापछि सरकारले आफ्नो नीति तथा कार्यक्रम सदनमार्फत सार्वजानिक भएको हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई सर्वत्र उत्सुकतापूर्वक हेरिएको छ ।

आर्थिक वृद्धिदर बढ्योः प्रतिव्यक्ति १ लाख माथि

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

फेसबुक

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

ट्वीटर

सामाजिक सञ्जाल

More