Saturday 25, March 2017
नेपाली समय: 09:40:17
जापानी समय: 12:55:17

सरकारले मानेमा धरहराको पुनःनिर्माण टेलिकमले गर्ने

15 February, 2017

%e0%a4%a7%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3

राष्ट्रको गौरबको रुपमा रहेको काठमाडौंको धरहरा २०७२ वैशाख १२ गतेको भूकम्पले ढलेपछि यसको पुनःनिर्माणका लागि अनेक योजना बनिरहेका छन् । यस्तैमा धरहराको पुनःनिर्माण नेपाल टेलिकमले सरकारसंग मिलेर गर्ने योजना अघि सारेको छ ।

नेपाल टेलिकमका सहप्रवक्ता रोमन अधिकारीले धरहरा पुनःनिर्माणको प्रस्ताव पुरातत्व विभागमा लैजाने गृहकार्य भइरहेको बताउँदै करिब ४२ रोपनी क्षेत्रफलमा पुनःनिर्माण हुने धरहरा परिसरमा पार्किङ सुविधासहितको पार्क, सङ्ग्रहालय, बच्चाका लागि खेल्ने पार्कलगायत निर्माण गरिने गरी प्रस्ताव गर्ने योजना टेलिकमले लिएको जानकारी दिनुभयो ।

करिब रु चार अर्बको लगानीमा धरहरा पुनःनिर्माण हुनेछ । जसमध्ये जनताबाट रु ११ करोड संक्कलन गर्ने र बाँकी रकम टेलिकम आफैँले थप गर्ने सहप्रवक्ता अधिकारीले बताउनुभयो ।

यसरी धरहरा पुनःनिर्माण भइसकेपछि कम्तीमा ३० वर्ष आफ्नै स्वामित्वमा हुनुपर्ने र निर्माण गर्दा लागेको लगानी उठेपछि मात्र सरकारलाई धरहरा हस्तान्तरण गर्ने प्रस्ताव पनि टेलिकमले गरेको छ ।

यदि सरकारले सो प्रस्ताव स्वीकार नगरे पुनःनिर्माणको जिम्मा नलिने पनि टेलिकमले स्पष्ट पारेको छ ।

फागुन ७ सम्म टेलिकमको सेवामा छुटैछुट

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo