तीन राज्यमन्त्रीको शपथ ग्रहण तीन राज्यमन्त्रीको शपथ ग्रहण

  • तीन राज्यमन्त्रीको शपथ ग्रहण
  • तीन राज्यमन्त्रीको शपथ ग्रहण
  • तीन राज्यमन्त्रीको शपथ ग्रहण
  • तीन राज्यमन्त्रीको शपथ ग्रहण
  • तीन राज्यमन्त्रीको शपथ ग्रहण
  • तीन राज्यमन्त्रीको शपथ ग्रहण

सरकार गठन भएको पाँच महिनापछि प्रदेश २ को सरकार विस्तार

25 July, 2018 23:03 | प्रदेश , प्रदेश २ | comments | 26250 Views

तीन राज्यमन्त्रीको शपथ ग्रहण

तीन राज्यमन्त्रीको शपथ ग्रहण

सरकार गठन भएको पाँच महिनापछि प्रदेश २ को सरकार विस्तार भएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले तीन राज्यमन्त्रीलाई बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

adsads

सरकारमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तीन नेता सहभागी भएका छन् । राजपाका सह–महामन्त्री सुरेश मण्डल उद्योग तथा पर्यटन राज्यमन्त्री, डिम्पल झा भौतिक पूर्वाधार राज्यमन्त्री र अभिराम शर्मा सामाजिक विकास राज्यमन्त्री हुनु भएको छ । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउतले नेपालीमा शपथको भाषा वाचन गरे पनि मण्डल र शर्माले मैथिली र झाले हिन्दीमा शपथ लिनुभयो ।

राजपा अध्यक्षमण्डलको सोमबार काठमाडौँमा बसेको बैठकले सरकारमा पार्टीको तर्फबाट ३ जना राज्यमन्त्री पठाउने निर्णय गरेको थियो । प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाको गठबन्धनको सरकार छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
तीन राज्यमन्त्रीको शपथ ग्रहण

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More