सर्वाधिक खर्चिलो टिम बन्यो सिटी

12 September, 2017 18:29 | खेल | comments | 7800 Views

इंग्लिस क्लब म्यानचेस्टर सिटी यो सिजन सर्वाधिक खर्चिलो टिम बनेको छ। उसले सिजनको सुरुवातमानै खेलाडी भित्र्याउने अभियानमा सर्वाधिक रकम खर्चेपछि विश्वकै सर्वाधिक महंगो टिम बन्न सफल भएको हो।

सिटीले खेलाडीकै लागि हाल ८५ करोड ३० युरो अर्थात १ खर्ब रुपैयाँं खर्च गरेको छ।  म्यानचेस्टरको यो टोलीले यही सिजन पाँच खेलाडी भित्र्याउन मात्र २४ करोड २० लाख युरो खर्चेको थियो। क्लबमा पहिलेदेखि अनुबन्धित खेलाडीको मुल्य जोड्दा सिटी सिजनको महंगो टोली बनेको हो। उसले यो सिजन बेन्जामिन मेन्डे, केल वाकर, बेर्नान्डो सिल्भा, इडर्सन र डानिलोलाई भित्र्याएको थियो।

सिटीपछि खेलाडीमा सर्वाधिक खर्च गर्ने अर्को क्लब फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) बन्यो। पिएसजीले खेलाडीका लागि मात्र हाल ८५ करोड युरो खर्चेको छ। यो सिजनको सुरुवातमा उसले खेलाडी अनुबन्धका लागि ३९ करोड ५० लाख युरो खर्चेको थियो। पिएसजीले ब्राजिलियन स्ट्राइकर नेइमारका लागि यो सिजन विश्व कीर्तिमानी रकम २२ करोड २० लाख युरो खर्चेको थियो। यस्तै, केलियान एमबाप्पेसँग १८ करोड युरोमा सम्झौता गरेको थियो।

खेलाडीसँग गरेको सम्झौतालाई आधार मान्दा युरोपका १० महंगा टिमको सूचीमा इंग्लिस प्रिमियर लिग क्लब ६ वटा समावेश छ। म्यानचेस्टर युनाइटेडले यो सिजन खेलाडीका लागि ७८ करोड ४० लाख खर्चेको छ। युनाइटेड महंगो टिमको सूचीमा तेस्रो नम्बरमा छ।स्पेनिस ला लिगा तथा च्याम्पियन्स लिग विजेता रियल म्याड्रिड छैटौ मंहगो टिम बनेको छ। रियलले पछिल्लो १२ महिनामा खेलाडीसँग सम्झौताका लागि १३ करोड ८० लाख युरो खर्च गरेको छ। रियलको टिमको मुल्य ४९ करोड ७० लाख युरो छ।

अर्काे स्पेनिस क्लब बार्सिलोना पाँचौ स्थानमा छ। बार्सिलोनाले यो सिजन ओस्मान डेम्बेले र पाउलिन्होलाई भित्र्याएको थियो। बार्सिलोनाको टिमको मुल्य ६२ करोड ८० लाख युरो छ।

यस्ता छन् १० महंगा टिम

म्यानचेस्टर सिटी – ८५ करोड ३० लाख युरो
पेरिस सेन्ट जर्मेन –  ८५ करोड युरो
म्यानचेस्टर युनाइटेड -७८ करोड ४० लाख युरो
चेल्सी-६४ करोड ४० लाख युरो
बार्सिलोना-६२ करोड ८० लाख युरो
रियल म्याड्रिड-४९ करोड ७० लाख युरो
युभेन्टस -४७ करोड युरो
लिभरपुल-४३ करोड ७० लाख युरो
आर्सनल- ४१ करोड ६० लाख युरो
टोटनह्याम-३६ करोड १० लाख युरो

च्याम्पियन्स लिगमा किन असफल इंग्लिस क्लब ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More