सर्वाधिक राशीको महिला क्रिकेटः फागुन दोस्रो सातादेखि

13 February, 2018 22:24 | खेल | comments | 11850 Views

फागुन ९ गतेदेखि धनगढीमा सर्वाधिक धनराशीको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुदैछ । प्रतियोगिताको तयारी तिव्र पारिएको छ ।

आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी पहिलो पटक धनगढीमा आयोजना हुन लागेको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि तयारी तिव्र पारिएको जानकारी दिएको हो । फागुन ९ देखि १४ गतेसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा प्रतियोगिता हुदैछ ।

प्रतियोगितामा ५ विकास क्षेत्र र विभागीय टोली एपीएफ गरी ६ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेता २ लाख नगदसहित ट्रफी प्राप्त गर्नेछन् । वुमेन अफ द सिरिज हुनेले १० हजार र अन्य चार विधाका उत्कृष्ट खेलाडीले ५–५ हजारका दरले नगद प्राप्त गर्ने छन् ।

प्रतियोगितामा सहभागी हुने ६ टिमलाई २ समुहमा विभाजन गरी लिग चरणका आधारमा खेल हुने छ । अहिले मैदान निर्माण र पिच निर्माणको काम भईरहेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More