सलमान शान्त, गम्भीर र विवेकशील छन्-कट्रिना कैफ

17 July, 2017 14:42 | कला/मनोरन्जन , वलिउड | comments | 5 Views

बलिउड अभिनेत्री कट्रिना कैफले आफ्ना पूर्वप्रेमी सलमान खानको बारेमा घतलाग्दो टिप्पणी गरेकी छिन् । यो टिप्पणीबाट उनी सलमानप्रति निकै सकारात्मक बनेको प्रतित हुन्छ ।

ब्रेकअप भएको लामो समयसम्म कट्रिनाले सलमानसँग दुरी बनाएकी थिइन् । यस दौरान सलमानले थुप्रैपटक उनलाई घोचपेच पनि गरे । आफ्नी बहिनी अर्पिताको बिहेमा उनले कट्रिनाले मिसेज खान बन्ने मौका गुमाएको बताएका थिए ।

अहिले उनीहरुको सम्वन्ध सुधि्रएको छ । टाइगर जिन्दा है फिल्ममा उनीहरुले एकसाथ काम गरेका छन् । यहीबीचमा सलमानले कट्रिनाको मन जित्न निकै प्रयास गरे । र, उनी केही हदसम्म सफल भएको छनक मिलेको छ ।

हालै सलमानको विषयमा कट्रिनाले निकै सकारात्मक कमेन्ट गरिन् । उनले भनिन्, ‘सलमान पहिलेभन्दा निकै शान्त भएका छन् । उमेर बढेसँगै उनी आफ्नो काममा बढि फोकस गरिरहेका छन् ।’

कट्रिनाले अगाडि थपिन्, ‘सलमान शान्त, गम्भीर र विवेकशील छन् । म सलमानसँग कुनै पनि विषयमा सहजतापूर्वक कुरा गर्न सक्छु । उनी पनि मसँग जे कुरा पनि गर्छन् । हामी नभनेरै पनि एक अर्काको भावना बुझ्छौं ।’

कट्रिनाले यतिधेरै सलमानको प्रसंसा गर्नुको केही रहस्य अवश्य होला । रणवीरसँग ब्रेकअपपछि उनी सिंगल पनि त छिन् । कतै यो जोडी पुरानो समिकरण दोहोर्‍याउने मोडमा त आइपुगेको छैन ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More