“सविनाका विषयमा कुरा गरे अब मलाई कैयौं दिन निद्रा लाग्दैन” : सानुलाल महर्जन (भिडियो)

24 January, 2017 16:59 | अन्तरवार्ता | comments | 11400 Views

दुई वर्षे जापानी भाषा अध्ययनका लागि २००८ अप्रिल १३ तारिखका दिन त्यहाँ पुगेकी ललितपुर पुल्चोक निवासी सविना महर्जन साढे १६ महिनासम्म निरन्तर अध्ययनमा लागिन, काम र अध्ययन एकसाथ अघि बढाउँदै आफ्नै कमाईमा ६ महिनाको विद्यालय शुल्क समेत तिरेकी उनी त्यसपछि वेपत्ता भइन् ।

जापानको एसिया एकेडेमीमा अध्ययनरत रहँदाकै अवस्थामा उनी वेपत्ता भइन । त्यसघि निरन्तर परिवारसंग सम्पर्कमा रहेकी उनी एकाएक हराएको आठै वर्ष पुग्न लाग्यो । २००९ अगस्ट २६ तारिखसम्म परिवारको सम्पर्कमा रहेकी सविना अगस्ट ३१ तारिखदेखि वेपत्ता भइन । तर, कुनै खोजखबर छैन ।

छोरीका विषयमा यतिका समयसम्म कुनै खोजखबर नपाउँदा सविनाका पिता सानुलाल महर्जन आफ्नी छोरी वेपत्ता हुनुमा अनेक शंका रहेको बताउनुहुन्छ ।

सविना वेपत्ता प्रकरणमा शंका गर्ने ठाउँ धेरै छ

नेपाल जापान डटकमसंगको कुराकानीका क्रममा महर्जनले छोरी वेपत्ता भएपछि खोजीका लागि गरिएको पहल र भोग्नुपरेको कठिनाई अनि आफू जापान पुगेपछि पत्ता लगाएका अनेक आशंकापूर्ण घटनाक्रमका बारेमा कुराकानीका क्रममा बताउनुभयो ।

कुराकानीका क्रममा अत्यन्त भावुक हुँदै महर्जनले छोरीका विषयमा यति लामो कुराकानी गरेपछि आफूलाई अब कैयौं दिन निद्रा नलाग्ने र उसकै यादले सताइरहने पनि बताउनुभयो ।

हेरौं उहाँसंग सविना वेपत्ता र खोजीका विषयमा गरिएको भिडियो कुराकानी-

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More