सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलोपूजा सम्पन्न

29 September, 2017 15:45 | जन सरोकार | comments | 127950 Views

बडा दशैंको अवसरमा सशस्त्र प्रहरी बल नेपाल बगलामुखी विशेष कार्यदल गण हल्चोक स्वयम्भुमा असोज १३ गते सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलोपूजा वैद्धिक विधिपूर्वक सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले विशेष कार्यक्रमका बीच पूजाअर्चना गर्नुभएको उक्त निशान तथा मौलोपूजा कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेमकुमार शाही, शैलेन्द्र खनाल, पुष्पराम के.सी. र नारायणबाबु थापा लगायत एपीएफ अधिकृत तथा जवानहरुबाट पूजाअर्चना एवं मौलो परिक्रमा गरिएको थियो ।

विहान ७ बजेर ११ मिनेटको पूजाको संकल्प साइतमा गरिएको निशान तथा मौलोपूजा कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालको निशानमा पन्जाछाप लगाउनुभयो ।

सशस्त्र प्रहरी ब्याण्डको मंगलधुन बीच सुरु भएको मौलोपूजा कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय लगायतका एपीएफ इकाईहरुमा बडादशैं अन्तर्गत महानवमीको अवसरमा हरेक वर्ष यस्तो खालको निशान तथा मौलोपूजा वैद्धिक विधि अनुसार गर्दै आएको छ ।

त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले मौलोपूजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

चीनले बनाइदियो सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शत्रु गते

फेसबुक

शत्रु गते

ट्वीटर

सामाजिक सञ्जाल

More