मतगणना मतगणना

  • मतगणना
  • मतगणना

साँझ ५ बज्ने वित्तिकै पहिलो चरणको मतगणना सुरु गर्ने तयारी

7 December, 2017 17:23 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 3150 Views

साँझ ५ बज्ने वित्तिकै पहिलो चरणको मतगणना शुरु गर्ने तयारी गरीएको छ। दोस्रो चरणको निर्वाचन भइरहेको कारण मतपेटीका खोल्ने कार्य निर्वाचन सम्मपन्न भएपछि गरीने छ ।

निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन सकिएपछि पहिलो चरणका मत पेटिकाहरु खोल्ने तयारी गरेको हो । दोस्रो चरणको निर्वाचन सकिने वित्तिकै पहिलो चरणको निर्वाचनका मत पेटिकाहरु खुल्ने छन् । साँझ ५ बज्ने वित्तिकै पहिलो चरणको मतगणना शुरु हुनेछ ।

आज भएको निर्वाचनका मतपेटिकाहरु चाहिँ साँझ ढिलो गरि खुल्ने छन् । विर्नाचन सकिएपछिको प्रक्रिया र मत पेटिका संकलनको काम पनि गर्नुपर्ने भएकोले दोस्रो चरणको मत गण्नामा केही घण्टा ढिला हुने छ ।  तर पहिलाे चरणको निर्वाचनको मतगणना चाहिँ साँझ ५ बज्ने वित्तिकै शुरु हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

देशभर मतगणना त शुरु हुनेछ, तर कसरी ? 

निर्वाचन आयोगका प्रवक्ता ढकालले आजको निर्वाचन सम्पन्न भएसँगै मतगणना शुरु हुने बताए । उनले २१ गते पाँच बजेपछि पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा मतगणना शुरु गर्न सकिने बताए ।

सोही बमोजिम मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई परिपत्र भइसकेको उनले बताए । पहिलो चरणमा भएको चुनावको मतगणना २१ गते साँझ पाँच बजेपछि गर्न सकिने छ । दोस्रो चरणको निर्वाचनको मतगणना पनि आजैदेखि शुरु हुने छ ।

केही प्रक्रियाहरु पूरा गर्नुपर्ने भएकोले दोस्रो चरणको मतगणना केही घण्टा ढिलो गरी शुरु हुनेछ । आयोगले प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम ४ दिन भित्रमा र समानुपातिक तर्फको ८ दिन भित्रमा आइसक्ने जनाएको छ । आयोगले सम्भव भएसम्म प्रत्यक्ष र समानुपातिक मतगणना एकै पटक गर्ने जनाएको छ ।

तर ठाउँ र कर्मचारीको अपुग हुँदै गर्दा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको मतगणना एकै पटक गरिने आयोगले जनाएको छ ।
प्रदेश र प्रतिनिधिको मतगणना पनि एकै पटक शुरु गर्न नसकिएमा पहिले प्रतिनिधिसभा तर्फ प्रत्यक्षको मतगणना गरिने आयोगले जनाएको छ ।

त्यसपछि प्रदेशको प्रत्यक्षको मतगणना हुने छ । त्यसपछि बल्ल समानुपातिकको मतगणना शुरु हुने छ । ढकालले मतगणना गर्नको लागि ठाउँ र कर्मचारीको अभाव नभएमा प्रत्यक्ष र समानुपातिकको मतगणना एकै पटक शुरु गरिने बताए ।

यदि ठाउँ र कर्मचारीको अभाव भएमा चाहिँ पहिले प्रत्यक्ष र त्यसपछि समानुपातिकको मतगणना गरिने जनाएको छ । मतगणनामा सबैभन्दा पहिले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको बाक्सा खुल्ने छ । त्यसपछि प्रदेशसभा तर्फको प्रत्यक्षको बाक्सा खुल्ने छ । त्यसपछि प्रतिनिधि सभा समानुपातिक र प्रदेशसभा समानुपातिक तर्फको बाक्सा खुल्ने छ ।

पहिलो चरणको मतगणना साँझ पाँचबजेपछि सर्वदलिय बैठक बस्ने वित्तिकै शुरु हुने छ । दोस्रो चरणको चाहिँ मतगणना सकिएपछि मत पेटिका बन्द गरेको मुचुल्का तयार हुने छ । त्यसपछि प्रहरीले मतपेटिकाहरु सम्बन्धि ठाउँमा पुर्याउने छ । मतपेटिका ठाउँमा पुगेसँगै सर्वदलिय बैठक बसेर मतगणना शुरु हुने छ ।

मतगणनास्थलमा सिसी टिभी र तारजाली राखिने : काठमाडौंकाे मतगणना पाँच ठाउँबाट हुने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More