साइकल चढेर २० देशको भ्रमण नेपाल सुरक्षित रहेको सन्देश

18 May, 2018 21:04 | कर्पोरेट/पर्यटन | comments | 8100 Views

२०७२ साल वैशाख १२ गतेको भूकम्पपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक सन्देश चिर्ने प्रयास अहिले पनि जारी छ । भ्रकम्पपछिकको नेपाल सुरक्षित भएको सन्देश दिन अनेक अभियान चलिरहेका छन् ।

यसैक्रममा यही सन्देश दिंदै तीन नेपाली साइकल यात्रीले विश्वका २० मुलुकको भ्रमण गरेका छन् । काठमाडौँका २२ वर्षीय अनिश ढकाल र दिलीप क्षत्री तथा पोखराका ४२ वर्षीय निर्मल बरालले २० देशको भ्रमण गरेका हुन् ।

बुद्धको देश नेपालको झण्डा, बुद्धको झण्डा लिएर यात्रामा निस्केका तीन यात्रीले नेपालका विभिन्न भाग, भारत, बंगलादेश, श्रीलङ्का, म्यानमार, थाइल्याण्ड, लाओस्, कम्बोडिया, बु्रनाई, सिंगापुर, मलेसिया, ताइवान, दक्षिण कोरिया, इजरायल, चिली, अर्जेन्टिना, बोलिभिया, ब्राजिल र अमेरिकाको भ्रमण गरेका हुन् ।

साइकल यात्रीले शुक्रबार पत्रकार सम्मेलन गरी नेपाललाई विश्वमाझ चिनाउन आफूहरू साइकल यात्रामा निस्केको जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा विश्व साइकल यात्रीका संयोजक अनिश ढकालले सन् २०१६ डिसेम्बरमा पोखराबाट विश्व साइकल यात्रा पूरा गरेको जानकारी दिनुभयो । “साइकल यात्री डा अमृत बराल र अजित बरालको प्रेरणाबाट हामीहरू यात्रामा निस्केका हौँ”, उहाँले भन्नुभयो ।

जान चाहेको ठाउँमा भिसा लाग्ने समस्या हुने गरेको बताउँदै उहाँले आगामी दुई महिनाबाट युरोपका १२ देशको भ्रमण गर्न लागेको बताउनुभयो । पाँच वर्षमा विश्वका सबै महादेशको भ्रमण गर्ने आफूहरूको सोच रहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महतले नेपालको बारेमा साइकल यात्रामार्फत विश्वलाई चिनाउन सफल भएको भन्दै आगामी दिनमा पर्यटन बोर्डले गर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो । “यात्रीले यात्रालाई औचित्यपूर्ण बनाउन विदेशी पर्यटकलाई नेपालमा भ्रमण गर्ने वातावरण सिर्जना गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका पूर्व सदस्य राजेन्द्रप्रसाद सापकोटाले बुद्धको जन्मस्थानदेखि सगरमाथासम्मलाई विश्वमाझ चिनाउन यात्रीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले विश्वका १४ अग्ला हिमालमध्ये आठ हिमाल नेपालमा भएको भन्दै उक्त हिमाललाई विश्वमाझ चिनाउन जरुरी रहेको बताउनुभयो ।

नेपाल एशोसिएसन टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाट्टा)का प्रथम उपाध्यक्ष अच्युत गुरागार्इंले विभिन्न देशमा यात्राका लागि जाँदा त्यहाँको दूतावाससँग समन्वय गरेर अगाडि बढ्दा यात्रा सार्थक हुने बताउनुभयो ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी, टानका पूर्व महासचिव सागर पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, पर्यटन व्यवसायी राजन सिंखडालगायतले साइकल यात्राले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुगेको बताउनुभयो ।

भूकम्पपछि नेपाल मानव तस्करीको स्रोत, ट्रान्जिट र गन्तव्य बन्दै

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!