साउदीमा एक रुकुमेलीको मृत्यु

22 November, 2017 12:32 | प्रबास | comments | 25650 Views

रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँका २९ वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले जनाएका छन् ।

रोजगारीको सिलसिलामा तीन वर्षअघि साउदी अरब जानुभएका उहाँ रियादस्थित तुर्की कम्पनीमा कार्यरत हुनुहुन्थ्यो । खाना खाएर सुत्नुभएका परियार बिहान अबेरसम्म नउठेपछि साथीहरु कोठामा गएर हेर्दा मृत्यु भएको अवस्थामा फेला पारेको बताइएको छ ।

मृतक परियारका श्रीमती र चार छोरा छन् । मृतकको शव नेपाल ल्याउनका लागि पहल भइरहेको आठबिसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाहीले जानकारी दिनुभयो ।

नेपाली जनसम्पर्क समिति साउदी अरबको पहिलो अधिवेशन जनवरी २० मा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More