साउदीमा तीन महिनायता १७ नेपाली कामदार अलपत्र

17 July, 2017 11:34 | प्रबास | comments | 9150 Views

डिल्लीराम खतिवडा


साउदीको यनवुमा तीन महिनायता १७ नेपाली युवक अलपत्र परेका छन् । काम गर्ने कम्पनीले सेवा सुविधासहितको तलब नदिएपछि उनीहरु अलपत्र परेका हुन् ।इमास्को नेपाल प्रालि सामाखुसी र नाइल ओभरसीज प्रालि सिनामंगलमार्फत कामका लागि त्यहाँ पुगेको युवक समस्यामा परेका छन् । २०७२ साल चौतमा काम लागि इमास्को र नाइलमार्फत साउदी अरबको सादत अल अमिद कम्पनीका लागि ती युवक त्यहाँ पुगेका हुन् ।

क्लिनिङ वर्करका लागि भनेर त्यहाँ पुगेका उदयपुर, सिराहा, सप्तरी, मोरङ, सुनसरी, लमजुङ, कास्की र धादिङका १७ युवक अलपत्र परेको उदयपुरको चौडण्डीगढी नगरपालिका–१ चौडण्डीगढीका बाबुराम रेग्मीले बताए । ‘काम गर्न गएको कम्पनीले नेपालमा भने जस्तो सेवा सुविधा दिएन’रेग्मीले भने, ‘समयमा तलब पनि नदिने र सम्झौताअनुसारको सुविधा पनि दिइएन ।’सेवा सुविधाको कुरा गर्दा उल्टै कम्पनीले निकाली दिएपछि समस्यामा परेको उनले बताए ।

नेपालबाट जाँदा साउदी रियाल १ हजार दिइने भनिएको थियो । इमास्को नेपाल प्रालिसँग भएको सम्झौतामै साउदी रियाल हजार दिने भनिएको अर्का पीडित प्रेमकुमार वाइबाले बताए ।‘खाने बस्ने व्यवस्थासहित हजार रुपैयाँ साउदी रियाल दिने भनिएको थियो’वाइबाले भने, ‘तर साउदी पुगेपछि ८ सय रुपैयाँ दिने भनिए पनि समयमै भुक्तानी दिएन ।’सेवा सुविधालगायतका विषयमा कुरा गर्दा कम्पनीले निकाली दिएपछि विचल्लीमा परेको उनले बताए । विचल्लीमा परेका १७ युवकको झण्डै ९ महिनायता तलब दिइएको छैन ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More