साउदी अरबद्वारा यमनलाई सशस्त्र हुठी समूह बाट मुक्त गर्न आग्रह

6 December, 2017 11:30 | विश्व समाचार | comments | 14700 Views

साउदी अरबले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहलाई हुठी विद्रोहीले हत्या गरेपछि पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्दै मङ्गलबार इरानको सहयोग प्राप्त हुठी लडाकूबाट यमनलाई मुक्त गर्नुपर्ने बताएको छ ।

साउदी अरबको मन्त्रीपरिषद्ले एक विज्ञप्ति जारी गरी “यमनी जनताद्वारा नेतृत्व गरेको विद्रोहले इरानको सहयोग प्राप्त विखण्डनकारी हुठी लडाकूबाट यमनलाई मुक्त गर्ने विश्वास लिएकोे,” साउदी अरबको एसपिए न्यूज एजेन्सीले जनाएको छ ।

विज्ञप्तिमा ‘इरानबाट सहयोगप्राप्त’ यमनी हुठी समूहद्वारा सोमबार मारिनुभएका पूर्व राष्ट्रपति सालेहको बारेमा केही जनाइएकोे छैन । यमनमा करिब ३३ बर्ष शासन गरेका सालेहले सन् २०१४ पछि यमनी सिया हुठी विद्रोहीको सहयोग लिनुपूर्व साउदी अरबको सहयोगी हुनुहुन्थ्यो ।

सालेह, उहाँका भतिजा, केही आफन्त र सालेहको दलका महासचिव सबै जनालाई सोमबार खावलान जिल्लाबाट साउदी अरब नेतृत्वको गठबन्धनको नियन्त्रणमा रहेको मारिव प्रान्ततर्फ भाग्ने क्रममा मारिएको, यमनीगृह मन्त्रालयले सोमबार जनाएको थियो ।

पूर्व राष्ट्रपति सालेहले शनिबार इरान समर्थक हुठी विद्रोहीसँगको गठबन्धन अन्त्य भएको घोषणा गर्नुभएको थियो । सालेहले हुठी विद्रोहीको सहयोगमा यमनी राजधानी सानामा करिब तीन वर्ष संयुक्त रूपमा शासन सम्हाल्नुभएकोे थियो ।

इरानले यमनी हुठी विद्रोहीलाई हतियार दिएको भन्ने साउदी अरबको भनाईलाई खण्डन गर्दै आएको छ ।

समृद्धिका लागि लोकतान्त्रिक गठबन्धनलाई बहुमत दिनुपर्छ -मन्त्री थापा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More