साउदी अरब परिवर्तन भएर आएमा ‘सुमधुर सम्बन्ध’ बन्न सक्ने -इरान

11 December, 2017 14:04 | विश्व समाचार | comments | 172650 Views

इरानका राष्ट्रपति हसन रौहानीले यदि साउदी अरबले यमनमाथिको आक्रमणलाई रोकेर इजरायलसँगको सम्बन्धमा पनि सच्चिएर आएमा इरानले रियादसँगको सम्बन्धलाई पुनः स्थापित गर्ने बताउनुभएको छ ।

आइतबार प्रशारण गरिएको सम्बोधनमा रौहानीले भन्नुभयो, “इजरायलसँगको ‘गलत मनसायबाट निर्देशित मित्रता‘लाई त्यागेमा क्षेत्रीय प्रतिद्वन्दीहरू साउदी अरबसँग ‘सुमधुर सम्बन्ध’ कायम गर्नसक्ने विश्वास गर्नुभयो ।

adsads
” उहाँले साउदीले यसका लागि यमनमा गर्दै आएको अमानवीय गोलाबारीलाई रोक्नु पर्ने साथै यमनी हुठी समुहलाई सघाउन छोड्नुपर्ने बताउनुभयो ।

इरान र साउदी अरबबीचको कुटनीतिक सम्बन्ध प्रसिद्ध सिया धर्मगुरुलाई फाँसी दिएपछि बदलामा सन् २०१६ को जनवरीमा इरानी प्रदर्शनकारीले साउदी कुटनीतिक नियोगमाथि हमला गरेपछि ती मुलुकबीचको सम्बन्धमा समस्या देखिँदै आएको छ ।

जनसम्पर्क मञ्च साउदी अरबद्वारा मिर्गौला रोग पीडित गीतालाई सहयोग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More